नयाँ वर्षको पहिलो दिन तीन हजार एक सयले बढ्यो सुनको मूल्य
काठमाडौं : नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँ कायम भएको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला पाँच हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य प्रतितोला चार हजार नौ सय रुपैयाँ थियो। चाँदीको मूल्य सोमबार भन्दा प्रतितोला एक सय ६५ रुपैयाँले बढेको हो।
वैशाख १, २०८३ मंगलबार ११:५२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।