डिशहोम इन्टरनेटको ‘नयाँ वर्ष अफर’ : वार्षिक जडानमा २ महिना अतिरिक्त बोनस

डिशहोम इन्टरनेटको ‘नयाँ वर्ष अफर’ : वार्षिक जडानमा २ महिना अतिरिक्त बोनस

काठमाडौं : डिशहोम इन्टरनेटले नयाँ वर्षको अवसर पारेर "नयाँ वर्षको नयाँ अफर" सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत नयाँ वार्षिक (एक वर्षे) इन्टरनेट जडान गर्ने ग्राहकले थप २ महिनाको निःशुल्क बोनस सेवा पाउनेछन्।

कम्पनीका अनुसार, यो सुविधा २००, ३००, ६०० र १००० एमबीपीएस गतिका प्याकेजहरूमा लागू हुनेछ।

सीमित अवधिका लागि ल्याइएको यस अफरबारे थप जानकारी नजिकैको डिशहोम डिलर वा सम्पर्क नम्बर ०१-५९७०३६५ मार्फत लिन सकिने कम्पनीले जनाएको छ।

वैशाख १, २०८३ मंगलबार ०९:३०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।