नेपाल टेलिकमको ‘नयाँ वर्ष अफर’, ४९९ रुपैयाँमै प्रतिदिन ५ जीबी डाटा
काठमाडौं : नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड र पोस्टपेड ग्राहकका लागि विशेष डाटा अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत ग्राहकले ३० दिन समयावधिका लागि 'न्यु इयर लाइट' र 'न्यु इयर प्रिमियम' गरी दुईवटा प्याकेज लिन सक्नेछन्।
लाइट प्याकेजअन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी र प्रिमियम प्याकेजअन्तर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा पाइनेछ।
तोकिएको दैनिक डाटा लिमिट सकिएपछि पनि क्रमशः २ र ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा चलाउन सकिने कम्पनीले जनाएको छ।
यो अफर चैत ३० देखि वैशाख २ गतेसम्म नेपाल टेलिकम एपमार्फत वा मोबाइलमा *1415*11# डायल गरी सुचारु गर्न सकिनेछ।
वैशाख १, २०८३ मंगलबार ०८:१५:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।