वाई-फाई नेपालको नयाँ वर्ष अफर: उही मूल्यमा बढी स्पिड र 'डुअल ब्यान्ड राउटर'
काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी वाई-फाई नेपालले नयाँ वर्षको अवसर पारेर ‘नयाँ वर्षमा नयाँ जडान, स्पिडमा उडान’ नामक विशेष अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत ग्राहकले पुरानै मूल्यमा अझ बढी स्पिड भएको इन्टरनेट चलाउन पाउनेछन्।
कम्पनीका अनुसार यो अफरमा ५० एमबिपिएसको प्याकेज खरिद गर्ने ग्राहकले ७० एमबिपिएस र ७० एमबिपिएसको प्याकेज खरिद गर्नेले १०० एमबिपिएस स्पिड प्राप्त गर्नेछन्। यो सुविधा १२ र २४ महिनाको प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरूका लागि मात्र लागू हुनेछ।
साथै, ग्राहकलाई उत्कृष्ट र स्थिर इन्टरनेट अनुभव प्रदान गर्न कम्पनीले यस अफरसँगै ‘डुअल ब्यान्ड राउटर’ समेत उपलब्ध गराउने जनाएको छ। यसले इन्टरनेटको कभरेजलाई थप बलियो बनाउने कम्पनीको भनाइ छ।
सीमित अवधिका लागि मात्र ल्याइएको यो अफरबारे थप जानकारी कम्पनीको वेबसाइट वा सम्पर्क नम्बर (०१-५९७०७८९) मार्फत लिन सकिनेछ।
वैशाख १, २०८३ मंगलबार ०८:११:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।