इटहरी पुगेर गृहमन्त्री सुधनले गरे विवाहको घोषणा

इटहरी पुगेर गृहमन्त्री सुधनले गरे विवाहको घोषणा

काठमाडौं : केही दिनदेखि चर्चामा रहेको गृहमन्त्री सुधन गुरुङको विवाह उनी आफैले पुष्टि गरेका छन्। इटहरी पुगेका उनले एक कार्यक्रममा मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्न लागेको घोषणा गरे।

उनले एक कार्यक्रममा विवाहलाई भड्किलो र खर्चिलो नबनाउन सीमित व्यक्तिको उपस्थितिमा सामान्य रूपमा विवाह गर्न लागेको बताए।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले पुर्खाको इतिहास, जातीय पहिचान र मौलिक संस्कृति संरक्षण गर्न गोरखा रोजेको बताए।

आफ्नो र हुनेवाला श्रीमती दुवैको चाहनाअनुसार पार्टी प्यालेसमा नगरी परम्परागत शैलीमा सीमित पाहुनासहित विवाह गर्न लागेको बताए।

उनले विवाह गर्न लागेको युवती भने खुलेको छैन। उनी अमेरिकामा बस्ने गरेको र दुवैबीच कोर्ट म्यारिज भने भइसकेको दाबी सार्वजनिक भएका छन्।

मंसिर १२, २०८३ शनिबार १६:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।