रास्वपाले माग्यो विभिन्न ६ पदका लागि १४ जना जनशक्ति
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न ६ पदमा १४ जना जनशक्तिका लागि आवेदन आह्वान गरेको छ। पार्टीका कार्यलाई थप प्रभावकारी बनाउन दक्ष, योग्य तथा प्रतिबद्ध व्यक्तिहरूलाई आवेदन पेश गर्न रास्वपाले आह्वान गरेको हो।
शनिबार जारी गरिएको सूचनाअनुसार प्रशासनिक, सिर्जनात्मक तथा प्राविधिक कार्यका लागि जनशक्ति माग गरिएको छ। जसअनुसार दुई जना भिडियोग्राफर, दुई जना भिडियो सम्पादक, दुई जना प्रिन्ट डिजाइनर, दुई जना सामग्री लेखक र दुई जना अभिलेखीकरण अधिकृत मागिएको छ।
त्यस्तै आवेदक सहयोग अधिकृत पदका लागि चार जना कर्मचारी माग गरिएको छ। इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले रास्वपाको नेतृत्व एकेडेमीको आधिकारिक इमेलमार्फत आफ्नो आवेदन पेश गर्न सक्ने जनाएको छ। आवेदन दिने समय मंसिर १६ गतेसम्म तोकिएको छ।
मंसिर १२, २०८३ शनिबार १५:५७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।