पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासत राख्न अनुमति

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासत राख्न अनुमति

काठमाडौं : मलेसिया जाने श्रमिक ठगीसँग जोडिएर पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन न्यायिक हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। प्रहरीले  शुक्रवार न्यायिक हिरासतको म्याद माग्दै अर्याललाई अदालतमा पेस गरेको थियो। 

अर्याल बिहीबार पक्राउ परेका थिए। प्रहरीले उनी नेपाल भारत सीमाबाट पक्राउ परेको दाबी गरे पनि उनलाई भारतको दिल्लीमा नियन्त्रणमा लिएर नेपाल ल्याएको खुलेको थियो। अर्याललाई शुक्रवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अदालतमा पेस गरेको थियो। अर्यालमाथि सिआइबीले ठगी र संगठित अपराधमा संलग्न रहेको आरोप लगाएको छ। 

मलेसिया जाने श्रमिकबाट बायोमेडिकल सेवा शुल्कका नाममा अतिरिक्त रकम लिएको र सो रकम मलेसिया लैजान सहजीकरण गरेको आरोपमा सिआइबीले दुई पूर्व श्रममन्त्रीसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

मंसिर ११, २०८३ शुक्रबार १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।