डिजिटल भुक्तानी सुदृढ बनाउने भिसाको प्रतिबद्धता
काठमाडौं : डिजिटल भुक्तानी कम्पनी भिसाले काठमाडौंमा ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ आयोजना गरेर नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई बलियो बनाउन दीर्घकालीन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
‘विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति’ मूल नाराका साथ आयोजना भएको कन्क्लेभमा बैङ्किङ तथा वित्तीय सेवा क्षेत्र, सरकार, नियामक निकाय र भुक्तानी इकोसिस्टमका २०० भन्दा बढी नेतृत्वकर्ता तथा सरोकारवालाको सहभागिता थियो।
कार्यक्रममा सहभागीहरूले भुक्तानी क्षेत्रका परिवर्तन र बदलिँदो आवश्यकताअनुरूप सुरक्षित, नवीन र समावेशी डिजिटल अर्थतन्त्र निर्माणबारे धारणा आदानप्रदान गरेका थिए।
कन्क्लेभअन्तर्गत सन्ध्याकालीन कार्यक्रममा ‘भिसा बिजनेस एक्सलेन्स अवार्ड्स’ समेत प्रदान गरिएको थियो। नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धनमा बैंक, वित्तीय संस्था र इकोसिस्टमका साझेदारहरूले पुर्याएको नेतृत्वदायी भूमिका, नवीनता र योगदानको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।
मंसिर ११, २०८३ शुक्रबार १७:३२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।