अर्घाखाँची सिमेन्टको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न
काठमाडौं : अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको तीनदिने ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न गरेको छ।
गत जेठ र असार महिनामा सञ्चालित विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरहरूलाई उक्त यात्रामा सहभागी गराइएको कम्पनीले जनाएको छ।
यात्राका क्रममा सहभागीहरूले मुक्तिनाथ, कागबेनीलगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए।
व्यावसायिक साझेदारहरूको योगदानको सम्मान गर्दै आपसी सम्बन्ध र सहकार्यलाई थप आत्मीय एवं सुदृढ बनाउने उद्देश्यले यस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीले उल्लेख गरेको छ।
वार्षिक एक मिलियन टन उत्पादन क्षमता रहेको अर्घाखाँची सिमेन्टले डेनिस भर्टिकल रोलर मिल (भीआरएम) प्रविधि, वेस्ट हिट रिकभरी सिस्टम (डब्लुएचआरएस) तथा धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर (ईएसपी) प्रणालीजस्ता आधुनिक एवं वातावरणमैत्री प्रविधिमार्फत क्लिङ्कर र सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ।
मंसिर ११, २०८३ शुक्रबार १४:३९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।