सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं : स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ।

छापावाल सुन प्रतितोला रु तीन  हजार ३०० र असली चाँदी रु १२० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य रु तीन हजार १९५ कायम भएको छ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको थियो।

मंसिर ११, २०८३ शुक्रबार ११:२३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।