राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं : भारत भ्रमणअघि राष्ट्रपतिलाई जानकारी नगराएको भनेर आलोचना भइरहेको बेला प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

अपराह्न ३ बजे राष्ट्रपति भवन शीतल निवास पुगेका शाहले हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुका साथै मुलुकको समसामयिक विषयमा छलफल गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भ्रमणअघि राष्ट्रपतिसँग जानकारी तथा परामर्श नगरेको विषयमा आलोचना भइरहेको सन्दर्भमा उक्त भेटवार्ता भएको हो। भारत भ्रमणबाट फर्किएको ४ दिनपछि शाहले राष्ट्रपति भेटेका हुन्।

शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता तथा छलफल गरेका थिए। त्यस्तै अहिले सरकारले सिफारिस गरेका ३ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा होल्ड छन्। 

मंसिर ११, २०८३ शुक्रबार १५:३८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।