रास्वपामा उम्मेदवार छनोट प्रक्रिया अघि बढ्यो, क्यान्डिडेट क्लबमा पाँच सदस्य मनोनीत
काठमाडौं : स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउने जिम्मेवारी पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब समिति’मा सदस्यहरू मनोनयन गरिएको छ।
संयोजक बुर्लाकोटीको सिफारिसमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल समितिको सदस्यमा मनोनीत भएका हुन्। सदस्यहरू मनोनीत गरिएसँगै शुक्रबार बसेको क्यान्डिडेट क्लबको बैठकले उम्मेदवार छनोटसम्बन्धी विधि र प्रक्रियाबारे छलफल सुरु गरेको छ।
बैठकमा स्थानीय तह निर्वाचनका उम्मेदवारका आकांक्षी तथा आवेदकहरूबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि र प्रक्रिया निर्धारण गर्ने विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ‘ल्याटेरल इन्ट्री’ सम्बन्धी आवेदन फारम तयार गर्ने तथा छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी-विरोधसम्बन्धी फारम एवं प्रक्रिया तयार गर्ने विषयमा छलफल उल्लेख छ।
मंसिर ११, २०८३ शुक्रबार १९:२३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।