मंसिर १२ र १३ गते काठमाडौंमा आयोजना हुँदै ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ’

मंसिर १२ र १३ गते काठमाडौंमा आयोजना हुँदै ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ’

काठमाडौं : ग्लोबल आइएमई बैंकले आगामी मंसिर १२ र १३ गते काठमाडौंमा दुईदिने ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। 

खेलकुद संस्कृतिको प्रवर्द्धन तथा खेलप्रेमीहरूबीच आपसी सद्भाव र सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा ‘होल इन वान’लाई आधुनिक ‘स्कोडा’ एसयूभी गाडी प्रदान गरिने बैंकले जनाएको छ।

प्रतियोगिताका अन्य विधाका विजेताहरूका लागिसमेत चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको छ। 

आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, एमएडब्लू तथा बाराहसिंघेको सहकार्यमा सञ्चालन हुन लागेको प्रतियोगिताले सहभागीहरूलाई खेल र प्रकृतिको विशेष अनुभूति दिलाउने बैंकको विश्वास छ। 

मंसिर १०, २०८३ बिहीबार १९:२७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।