सस्तोमा डलर साट्ने प्रलोभन देखाएर ठगी गरेको आरोपमा मुलपानीबाट एक जना पक्राउ

सस्तोमा डलर साट्ने प्रलोभन देखाएर ठगी गरेको आरोपमा मुलपानीबाट एक जना पक्राउ

काठमाडौं : सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारेर एक व्यक्तिको २० लाख ४५ हजार रुपैयाँ ठगी गरेर फरार रहेका ३३ वर्षीय जितबहादुर पाइन पक्राउ परेका छन्।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पाका पाइनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुलपानीबाटै नियन्त्रणमा लिएको हो।

गोकर्णेश्वरस्थित तारेभीरको जङ्गल नजिक एकान्त ठाउँमा गत असोज ६ गते उनले एक व्यक्तिलाई अमेरिकन डलर सस्तो दरमा साटिदिने प्रलोभनमा पारेर पीडितले साथमा ल्याएको नगद रुपैयाँ लिएर फरार भएका थिए।

सोही घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका पाइनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

मंसिर १०, २०८३ बिहीबार १९:३७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।