एक्स्ट्रिमको ‘विन्टर अफर’ : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

एक्स्ट्रिमको ‘विन्टर अफर’ : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

काठमाडौं : एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उपभोक्तालाई लक्षित गर्दै ‘विन्टर अफर’ सार्वजनिक गरेको छ।

बजारमा नयाँ स्वादका उत्पादन उपलब्ध गराएको अवसरमा कम्पनीले सुनको क्यान जित्न सकिने उपहार योजना ल्याएको हो।

यस योजनाअन्तर्गत एक्स्ट्रिमका क्लासिकसहित पाँचवटै स्वादका इनर्जी ड्रिंक खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले सुनको क्यान प्राप्त गर्नेछन्।

अफरमा सहभागी हुन उपभोक्ताले कुनै पनि स्वादको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो आवश्यक विवरण दर्ता गर्नुपर्नेछ। कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत ‘लक्की ड्र’ गरी विजेता घोषणा गरिनेछ।

मंसिर १०, २०८३ बिहीबार ०९:४८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।