एक्सट्रिम इनर्जी ड्रिङ्क्सका ग्राहकलाई सुनको क्यान !
काठमाडौँ : एक्सट्रिम इनर्जी ड्रिङ्क्सले उपभोक्ताले सुनको क्यान जित्न सक्ने विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिङ्क्सका क्लासिकसहित पाँच वटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये ६ जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ।
योजनामा सहभागी हुन उपभोक्ताले एक्सट्रिम इनर्जी ड्रिङ्क्सको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने र क्यूआर कोड स्क्यान गरेपछि आफ्नो आवश्यक विवरण दर्ता गरेर स्वतः उपहार योजनामा सहभागी हुन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मंसिर ९, २०८३ बुधबार २१:०३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।