बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा मन्त्री चौधरीको छड्के

बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा मन्त्री चौधरीको छड्के

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छन्।

अनुगमनका लागि मन्त्री चौधरी आफैँ स्कुटर चलाएर कोल्ड स्टोरेज पुगेकी थिइन्।

मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ को कार्यान्वयन अवस्था जाँच गर्न उनले स्थलगत अनुगमन गरेकी हुन्।

छड्के अनुगमनका क्रममा मन्त्री चौधरीले कोल्ड स्टोरेजमा मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन्।

उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र मापदण्डको पूर्ण पालना हुनुपर्नेमा उनले जोड दिएकी थिइन्।

मंसिर १०, २०८३ बिहीबार १०:५४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।