‘भिसा लिडरसिप कन्क्लेभ’ मा एनएमबि बैंकलाई दुई अवार्ड

‘भिसा लिडरसिप कन्क्लेभ’ मा एनएमबि बैंकलाई दुई अवार्ड

काठमाडौं : एनएमबि बैंक लिमिटेडले ‘भिसा लिडरसिप कन्क्लेभ’ मा दुई विधामा अवार्ड प्राप्त गरेको छ।

डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस- प्रिन्सिपल क्लाइन्ट’ अवार्डबाट सम्मान गरिएको हो।

ग्राहकको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउँदै लगेको सन्दर्भमा यो सम्मानले डिजिटल बैंकिङमा बैंकका नवीन पहल र प्रयासलाई पुष्टि गरेको बैंकले जनाएको छ।

भरपर्दो डेबिट कार्ड र आधुनिक डिजिटल सेवामार्फत स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित कारोबार सुविधा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै बैंकले ग्राहकको विश्वासले आगामी दिनमा अझ उत्कृष्ट सेवा दिन हौसला मिलेको बताएको छ।

एनएमबि बैंकले हाल देशभर १९६ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

मंसिर ९, २०८३ बुधबार ११:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।