सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक सातादेखि बस्तीमा त्रास
सप्तरी : रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
गएराति १ बजे भएको आक्रमणमा परी सोही पालिका-६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती पसेको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो।
उनका छोरा अर्जुनले भने भागेर ज्यान जोगाएका छन्।
एक सातादेखि हात्तीको ठुलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सुरुङ्गा नगरपालिका-४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो।
मंसिर ९, २०८३ बुधबार ०८:४६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।