‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा कुमारी बैंक दुई विधामा सम्मानित

‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा कुमारी बैंक दुई विधामा सम्मानित

काठमाडौं : भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ।

सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा हासिल गरेको उल्लेखनीय कार्यसम्पादनका आधारमा बैंकलाई सम्मान गरिएको हो।

बैंकले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि ‘एक्सिलेन्स इन क्रस-बोर्डर बिजनेस’ र ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको छ।

लगातार तीन वर्षदेखि प्राप्त यो सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवर्द्धन र ग्राहककेन्द्रित कार्ड सेवामा बैंकको व्यावसायिक उत्कृष्टता झल्काएको बैंकले जनाएको छ।

स्थापनाकालदेखि नै आधुनिक प्रविधि र डिजिटल भुक्तानी प्रणालीलाई प्राथमिकता दिँदै आएको बैंकले आगामी दिनमा ग्राहकको आवश्यकताअनुरूप थप सुरक्षित र विश्वसनीय वित्तीय सेवामार्फत डिजिटल रूपान्तरणलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

विगत २५ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ एकाइमार्फत आधुनिक सेवा प्रवाह गर्दै वित्तीय समावेशीकरणमा समेत योगदान पुर्याइरहेको छ।

मंसिर ९, २०८३ बुधबार ११:३३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।