झापाकी छात्रा मुस्कानलाई महालक्ष्मी बैंकको ५० हजार रुपैयाँ छात्रवृत्ति
काठमाडौं : महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाकी जेहेन्दार छात्रा मुस्कान खातुनलाई ५० हजार रुपैयाँ राशिको ‘सीताराम प्रसाईं महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ।
मेचीनगर नगरपालिका-१४ स्थित श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत खातुनलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले उक्त छात्रवृत्ति उपलब्ध गराइएको हो। बैंकका स्थानीय शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रा खातुनलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
बैंकका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित हुन नदिन सीताराम प्रसाईंको स्मृतिमा उक्त छात्रवृत्ति स्थापना गरिएको थियो। यसले आर्थिक अभावकै कारण विद्यार्थीहरूले पढाइ छाड्नुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ।
मंसिर ८, २०८३ मंगलबार १७:५२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।