‘भिसा लिडरसिप कन्क्लेभ’ मा एनएमबि बैंकलाई दुई विधामा अवार्ड

‘भिसा लिडरसिप कन्क्लेभ’ मा एनएमबि बैंकलाई दुई विधामा अवार्ड

काठमाडौं : डिजिटल भुक्तानी प्रणाली तथा बैंकिङ सेवामा योगदान पुर्याएबापत एनएमबि बैंक ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुई विधाका अवार्डबाट सम्मानित भएको छ। कन्क्लेभमा बैंकलाई ‘एक्सेलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सेलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस- प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो।

पछिल्लो समय डिजिटल बैंकिङ क्षेत्रमा सुरु गरेका नवीनतम अभ्यास, भरपर्दो प्रविधि तथा सहज डेबिट कार्ड सेवाको कदर गर्दै उक्त अवार्ड प्रदान प्राप्त गरेको बैंकले जनाएको छ। दैनिक वित्तीय कारोबारलाई अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउन डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्न उक्त अवार्डले प्रेरित गरेको बैंक भनाइ छ। 

भरपर्दो डेबिट कार्ड तथा आधुनिक डिजिटल बैंकिङ प्लेटफर्ममार्फत स्वदेश र विदेशमा सुरक्षित एवं छरितो वित्तीय कारोबारको सुविधा दिँदै आएको दाबी बैंकको छ। एनएमबि बैंकले हाल देशभर रहेका १९६ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ।

मंसिर ८, २०८३ मंगलबार १५:५१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।