कम्मरमा पेस्तोल र गोली लुकाएर लैजाँदै गरेको आरोपमा धनुषाधामबाट एक महिला पक्राउ

कम्मरमा पेस्तोल र गोली लुकाएर लैजाँदै गरेको आरोपमा धनुषाधामबाट एक महिला पक्राउ

काठमाडौं : धनुषाको धनुषाधामबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित ४० वर्षीया एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका- ५ निर्धना टोलकी गंगावती महतो रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आइतबार बिहान करिब ११ बजे धनुषाधाम नगरपालिका-४ गौरीपुर टोलबाट उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले कम्मरमा बाँधेर कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोली लैजाँदै गरेको अवस्थामा महतोलाई फेला पारेको थियो। उनीमाथि प्रहरीले थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाएको छ।

मंसिर ६, २०८३ आइतबार १५:४५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।