प्रधानमन्त्रीको राजकीय भ्रमणको बिदाइमा जिन्सपेन्ट र ओभरकोट
काठमाडौं : दिई दिनको भारतको राजकीय भ्रमणका लागि प्रधानमन्त्री वालेन्द्र शाह आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा उनलाई बिदाइ गर्ने अन्तिम लहरमा विमानस्थलमा दुई मन्त्री र पार्टीका प्रतिनिधि सहभागी थिए।
अधिकांश मन्त्रीहरू भ्रमणमै सहभागी भएकाले उनलाई बिदाइ गर्न धावनमार्गमै गृहमन्त्री सुधन गुरुङ र उर्जामन्त्री विराजभक्त श्रेष्ठ पुगेका थिए। प्राय सामान्य पहिरन रुचाए पनि राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह दौरा सुरुवाल र टोपीमा थिए।
तर उनलाई धावनमार्गमै बिदा गर्न पुगेका तीनमध्ये दुई जनाको पोसाक स्वाभाविक देखिएन। दुई मन्त्रीमध्ये गृहमन्त्री गुरुङ औपचारिक पोसाकमै थिए। अर्कामन्त्री विराजभक्त श्रेष्ठ भने अनौपचारिक पोशाकमा थिए। बिदाइ गर्ने लाइनमा पहिला नै उभिएका रास्वपाका प्रवक्ता जगदीश खरेल पनि अनौपचारिक पोशाकमा देखिए।
खरेल जिन्सपेन्ट र ओभरकोटमा विमानस्थल पुगेका थिए भने मन्त्री श्रेष्ठ पनि सामान्य पेन्टमा थिए। उनले कोट भने लगाएका थिए। गृहमन्त्री गुरुङ दौरा सुरुवालमा थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार १:४५ मा शाह नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली गएका हुन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार लगायत ३५ जना सहभागी छन्।
मंसिर ६, २०८३ आइतबार १५:३८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।