धाकधम्की दिँदै मोबाइल लुटपाट गर्ने तीन जना कलंकीबाट पक्राउ

धाकधम्की दिँदै मोबाइल लुटपाट गर्ने तीन जना कलंकीबाट पक्राउ

काठमाडौं : काठमाडौंको कलंकीमा धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान कलंकीस्थित सडकखण्डमा लुटपाट गरी भाग्दै गरेका उनीहरूलाई प्रहरीले मोबाइलसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौंको कलंकीमा बस्दै आएका रौतहटको चन्द्रनिगाहपुरका राज कुमार श्रेष्ठ, काभ्रेपलान्चोकको पनौतीका सागर तामाङ र कास्कीको पोखराका सन्ध्या तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसार कलंकीस्थित सडक खण्डमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाएर धाकधम्की दिँदै मोबाइल लुटपाट गरेका थिए। 

लगत्तै खोजतलासमा खटिएको प्रहरी वृत्त कालीमाटीको टोलीले लुटपाट भाग्दै गरेका उनीहरूलाई बाबा पेट्रोल पम्प नजिकको सडक खण्डबाट नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिए। 

मंसिर ४, २०८३ शुक्रबार २१:०१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।