४६ वर्षपछि नेपाल आउँदै जापानी ब्यान्ड 'गोडाइगो'

४६ वर्षपछि नेपाल आउँदै जापानी ब्यान्ड 'गोडाइगो'

काठमाडौं : नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आगामी आइतबार काठमाडौंको दरबारमार्गमा ‘नेपाल-जापान महोत्सव २०२६’ आयोजना हुने भएको छ। नेपाल-जापान महोत्सव आयोजक समितिको आयोजना तथा जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सह-आयोजनामा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।

महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह ‘गोडाइगो’ले ४६ वर्षपछि नेपाली मञ्चमा प्रस्तुति दिँदैछ। सन् १९८० मा दशरथ रंगशालामा प्रस्तुति दिएको यस समूहले भोटेकोशीका बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३० लाख रुपैयाँ सहयोगसमेत उपलब्ध गराउने भनेको छ।

नेपाल-जापान सांस्कृतिक सम्बन्ध र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा जापानका हिपहप कलाकार मम्मी-डीसहित नेपालका चर्चित ब्यान्डहरू कबवेब, कुटुम्ब र सबिन राई एण्ड द फराहोको प्रस्तुति रहनेछ। कार्यक्रममा दर्शकका लागि प्रवेश निःशुल्क गरिएको छ।

मंसिर ६, २०८३ आइतबार ११:२३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।