सामसङ नेपाल र एनसेलबीच दीर्घकालीन समझदारी : एआई र ४जी विस्तारसँगै निःशुल्क प्याक तथा ३६ महिने ईएमआई सुविधा

सामसङ नेपाल र एनसेलबीच दीर्घकालीन समझदारी : एआई र ४जी विस्तारसँगै निःशुल्क प्याक तथा ३६ महिने ईएमआई सुविधा

काठमाडौं : सामसङ नेपाल र एनसेलबीच नेपालभर एआई प्रविधि तथा डिजिटल कनेक्टिभिटीलाई पहुँचयोग्य बनाउने, २जी बाट ४जी रूपान्तरणलाई गति दिने र दिगो ‘ग्यालेक्सी’ अपग्रेड प्रणाली निर्माण गर्ने विषयमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सामान्य प्रवर्द्धनात्मक योजनाभन्दा माथि उठेर दीर्घकालीन डिजिटल इकोसिस्टम निर्माण गर्ने लक्ष्यसहित दुवै कम्पनीले सहकार्य अघि बढाएका हुन्।

समझदारीअनुसार छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले १२ महिनासम्म एनसेलको मासिक डेटा तथा भ्वाइस प्याक शतप्रतिशत छुटमा पाउनेछन्।

यसअन्तर्गत Galaxy Z र S26 सिरिजका छनोट गरिएका फ्ल्यागशिप मोडल (Z Fold8, Z Flip8, Z Fold7, S26 Ultra, S26+, S26 र S26 FE) मा रु. ७९९ को मासिक प्याक (अनलिमिटेड डेटा/भ्वाइस, लायन्सगेट र दैनिक १०० एसएमएस) १२ महिनासम्म अर्थात् रु. ९,५८८ बराबरको सेवा निःशुल्क उपलब्ध हुनेछ।

त्यस्तै, Galaxy A17, M17 र A07s मा रु. ४४९ को मासिक प्याक (७ जीबी डेटा र अनलिमिटेड भ्वाइस) ९ महिनासम्म अर्थात् रु. ४,०४१ बराबरको सुविधा निःशुल्क दिइनेछ।

२जी प्रयोग गरिरहेका ग्राहकलाई ४जी मा जोड्न जुनसुकै २जी डिभाइस साटेर सामसङको ४जी स्मार्टफोन खरिद गर्दा रु. ५,००० सम्मको एक्सचेन्ज सुविधा र मासिक रु. १,२२१ बाट सुरु हुने ईएमआई विकल्प राखिएको छ।

हुलास फिन सर्भसँगको सहकार्यमा स्मार्टफोनमा २४ महिना र छनोट गरिएका फ्ल्यागशिप मोडलमा २० प्रतिशत डाउन पेमेन्टसहित ३६ महिनासम्मको (मासिक रु. ५,१०६ बाट सुरु) ईएमआई सुविधा उपलब्ध हुनेछ।

साथै, फ्ल्यागशिप अपग्रेडमा १० हजारसम्मको एक्सचेन्ज बोनस तथा योग्य Z र S सिरिजमा एक वर्षको थप वारेन्टी र A17/M17/A07s मा रु. ५,००० एक्सचेन्ज बोनस दिइने जनाइएको छ।

पुराना फोनको एक्सचेन्ज मूल्य निर्धारणलाई पारदर्शी बनाउन सामसङले एप्कुडोद्वारा सञ्चालित साइफरब्लकको ‘फोनशिल्ड’ एपमा आधारित स्वचालित मूल्याङ्कन प्रणाली चाँडै सेवा केन्द्र र छनोट गरिएका ब्रान्ड स्टोरमा सुरु गर्ने भएको छ।

अभियानबाट सङ्कलन भएका २जी डिभाइसको जिम्मेवार रूपमा विद्युतीय फोहोर व्यवस्थापन गरिने कम्पनीले जनाएको छ।

सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ जङले यो सहकार्य नेपालको डिजिटल भविष्यप्रतिको दीर्घकालीन प्रतिबद्धता भएको बताउँदै ग्राहक र वातावरणमैत्री समावेशी अपग्रेड प्रणाली निर्माण गर्ने उद्देश्य रहेको उल्लेख गरे।

एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्तले सामसङको नवप्रवर्तन र एनसेलको कनेक्टिभिटीको संयोजनले ४जी विस्तार र एआईमा आधारित डिजिटल अनुभवलाई थप पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरे।

यसैबिच, नोभेम्बर २० देखि २३ सम्म खुला रहने प्रि-अर्डरअन्तर्गत क्यूआर कोडमार्फत प्रि-अर्डर गर्ने ग्राहकले हजार  मूल्यको ‘ग्यालेक्सी बड्स कोर’ मा ६२ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ।

मंसिर ५, २०८३ शनिबार १२:३०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।