एसिया कपमा नेपालका खेलहरू ‘डिजियो’बाट प्रत्यक्ष प्रसारण
काठमाडौं : कतारको दोहामा जारी ‘डीपी वर्ल्ड एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने सम्पूर्ण खेलहरू डिजिटल प्लेटफर्म ‘डिजियो’मार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ।
कठिन मानिएको समूहमा रहेको नेपालले प्रतियोगितामा भारत, पाकिस्तान र युएईजस्ता बलिया प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्दैछ। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली एसियाका उदीयमान क्रिकेट शक्तिहरूसँग मैदानमा उत्रिएको हो।
डिजियोका अनुसार दर्शकहरूले यसको स्पोर्ट्स प्याकेजमार्फत एन्ड्रोइड, आईओएस, स्मार्ट टिभी तथा आधिकारिक वेबसाइटबाट नेपालका खेलहरू प्रत्यक्ष हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
मंसिर ६, २०८३ आइतबार ११:३०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।