एनपीएल-३ फाइनल : सुदूरपश्चिमले टस जित्यो, यस्तो छ प्लेइङ ११

एनपीएल-३ फाइनल : सुदूरपश्चिमले टस जित्यो, यस्तो छ प्लेइङ ११

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि साविक विजेता लुम्बिनी लायन्सले पहिला ब्याटिङको निम्तो पाएको हो। खेल साँझ ५ बजे सुरु हुनेछ।

लगातार तेस्रोपटक फाइनल खेलिरहेको सुदूरपश्चिम आज पहिलो उपाधिको खडेरी तोड्ने लक्ष्यमा छ भने लुम्बिनी लगातार दोस्रोपटक च्याम्पियन बन्ने दाउमा छ।

सार्वजनिक भएको आधिकारिक टिम सिटअनुसार फाइनल भिडन्तमा सुदूरपश्चिमले अलराउन्डर फाबियन एलेनलाई बेन्चमा राख्दै विदेशी कोटामा सैफ जैबलाई प्लेइङ-११ मा मौका दिएको छ। यता, लुम्बिनी लायन्सले भने क्वालिफायर-१ जितेकै सेटअपलाई निरन्तरता दिएको छ।

लुम्बिनी लायन्स : रोहितकुमार पौडेल (कप्तान), निरोशन डिक्वेला (विकेटकिपर), आसिफ शेख, डार्सी सर्ट, सन्दीप जोरा, दिलीप नाथ, अली शेख, क्रिस्टियन (रुबेन) ट्रम्पेलम्यान, शेर मल्ल, किशोर महतो र अभिशेष गौतम।

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), जर्ज मुन्से, आरिफ शेख, इशान पाण्डे, दीपक बोहरा, सैफ जैब, थारिन्दु रत्नायके, स्कट कुगेलेइन, हेमन्त धामी र अनिल खरेल।

मंसिर ५, २०८३ शनिबार १६:४०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।