रेमिट्यान्स क्षेत्रको सर्वाधिक करदाताका रूपमा आइएमई सम्मानित

रेमिट्यान्स क्षेत्रको सर्वाधिक करदाताका रूपमा आइएमई सम्मानित

काठमाडौं : राष्ट्रिय कर दिवसको का अवसरमा रेमिट्यान्स तथा मनी ट्रान्सफर क्षेत्रतर्फ सर्वाधिक कर तिर्ने करदाताका रूपमा आइएमई लिमिटेड सम्मानित भएको छ। मंगलबार काठमाडौंमा आयोजित समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमईका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान हस्तान्तरण गरे।

सन् २००१ मा स्थापित आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत गर्न भूमिका खेल्दै आएको छ। कर योगदानका आधारमा करदाताका रूपमा यसअघि पनि सम्मान भइसकेको आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ।

विश्वका विभिन्न मुलुकमा सयभन्दा बढी व्यावसायिक साझेदारमार्फत कारोबार सञ्जाल विस्तार गरेको आइएमईले अबको प्राथमिकता प्रविधि सुधार, सेवाको सुरक्षा र बजार विस्तारमा केन्द्रित रहेको उल्लेख गरेको छ। 

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले विप्रेषण सेवासँगै विकास भएको उद्यमशीलताको आधारलाई प्रविधिको स्तरोन्नति र सेवा प्रवाहको गतिशीलतामार्फत थप सुदृढ बनाउने योजना रहेको बताए।

मंसिर ३, २०८३ बिहीबार १५:५९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।