नेप्सेमा झिनो सुधार, ३ अर्ब ८७ करोडको कारोबार
काठमाडौं : बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ११ अंकले घटेको नेप्से परिसूचक यसदिन ३. ६२ अंक बढेर २६२८ विन्दुमा उक्लियो।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन चार अर्ब १५ करोडको कारोबार भएकोमा आज तीन अर्ब ८७ करोडको भयो। आज १३८ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
यसदिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.२९ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.५४, फाइनान्स ०.३५, उत्पादन तथा प्रशोधन ०.६७ र व्यापार ०.२३ प्रतिशत बढे। विकास बैंक ०.०४, जलविद्युत् ०.०५, लगानी ०.३८, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.३०, अन्य ०.५३ प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनीमा एनआईसी एसिया बैंक, पिपुल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सोल्टी होटल र साहस ऊर्जा छन्।
मंसिर ३, २०८३ बिहीबार १५:२६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।