होन्डाको दशैं योजना मङ्सिर १४ सम्म थप, तीन हप्ताका २१ विजेता घोषणा
काठमाडौं : होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैंयोजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत पहिलो तीन हप्ताका विजेताहरू घोषणा गरेको छ।
कम्पनीले लक्की ड्रमार्फत सातै प्रदेशबाट प्रत्येक हप्ता एक-एक जना गरी जम्मा २१ जना विजेता छनोट गरी सार्वजनिक गरेको हो।
‘होन्डा छ साथ साथ’ र ‘सहयोगको सङ्कल्प’ अभियानअन्तर्गत छानिएका विजेताहरूले रु. १० हजारदेखि एक लाख रुपैयाँसम्म जितेका छन्।
तीमध्ये पहिलो हप्ता प्रदेश २ का अफजल मियाँ र दोस्रो हप्ता प्रदेश ६ का मानसिंह दाहालले सर्वाधिक एक-एक लाख रुपैयाँ हात पारेका छन्।
कम्पनीका अनुसार विजेताहरूलाई पुरस्कार रकम हस्तान्तरण गर्नुका साथै उनीहरूले जितेको रकम बराबरकै थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिनेछ।
यसैबिच, ग्राहकको सहभागितालाई ध्यानमा राख्दै कम्पनीले यो योजनाको म्याद आगामी मङ्सिर १४ गतेसम्म थप गरेको जनाएको छ।
मंसिर ३, २०८३ बिहीबार १४:१९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।