सुनचाँदीको मूल्य तिहारपछि लगातार ओरालो, आज कति पुग्यो तोलाको?

सुनचाँदीको मूल्य तिहारपछि लगातार ओरालो, आज कति पुग्यो तोलाको?

काठमाडौं : नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। 

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य यसदिन पनि घटेको हो।

बुधबार प्रतितोला ६ हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज भने तोलामा तीन हजार तीन सय रूपैयाँ घटेको हो।  सुनको मूल्य शुक्रबार तोलामा १२ हजार ६ सय, आइतबार एक हजार पाँच सय, सोमबार एक हजार एक सय र मंगलबार एक हजार नौ सय रूपैयाँ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँ घटेको छ।

बुधबार प्रतितोला तीन हजार तीन सय ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार तीन सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।

मंसिर ३, २०८३ बिहीबार ११:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।