चोटका कारण सोमपाल एसिया कप राइजिङ स्टार्स नखेल्ने, प्रतिशले पाए मौका

चोटका कारण सोमपाल एसिया कप राइजिङ स्टार्स नखेल्ने, प्रतिशले पाए मौका

काठमाडौं : चोटका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीका सोमपाल कामी कतारमा आयोजना हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ प्रतियोगितामा सहभागी हुन नसक्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सोमपाल घाइते भएका कारण उक्त प्रतियोगिता खेल्न नसक्ने जानकारी दिए। उनी नेपाल प्रिमियर लिग ‘एनपिएल’को जारी तेस्रो सिजनमा आफ्नो टोली कर्णाली याक्सको अन्तिम खेलमा घाइते भएका थिए।

खड्काका अनुसार उक्त प्रतियोगिताका लागि सोमपालको स्थानमा प्रतिश जीसीलाई टोलीमा छनोट गरिएको छ। त्यसैगरी, यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई मुख्य टोलीमा समावेश गरिएको क्यानले जनाएको छ।

एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ नोभेम्बर १९ देखि २९ सम्म कतारमा आयोजना हुँदैछ।

मंसिर ३, २०८३ बिहीबार १५:०८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।