तोलामा ६३ सय घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।
गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य आज पनि घटेको हो।
मंगलबार प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा ६ हजार तीन सय रूपैयाँ घटेको हो।सुनको मूल्य शुक्रबार तोलामा १२ हजार ६ सय, आइतबार एक हजार पाँच सय र सोमबार एक हजार एक सय रूपैयाँ घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ८० रूपैयाँ घटेको छ।
मंगलबार प्रतितोला तीन हजार चार सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार तीन सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।
मंसिर २, २०८३ बुधबार ११:००:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।