११ अंकले घट्यो सेयर बजार, ४ अर्ब १५ करोडको कारोबार
काठमाडौं : बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्लो दिन १२.७९ अंकले घटेको नेप्से परिसूचक यसदिन ११. ०५ अंक घटेर २६२५ विन्दुमा कायम भयो।
कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन चार अर्ब ७३ करोडको कारोबार भएकोमा आज चार अर्ब १५ करोडमा सीमित रह्यो। यसदिन ७० कम्पनीको मूल्य बढ्दा १९९ को घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
बैंकिङ बाहेक अन्य उपसूचक घटेका छन्। बैंकिङ ०.०५ प्रतिशत बढ्यो। विकास बैंक ०.६५, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.३२, जलविद्युत् ०.४७, लगानी ०.१७, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.४९, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६५, अन्य ०.५९ तथा व्यापार २.४९ प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सुपरमादी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर छन्।
मंसिर २, २०८३ बुधबार १५:२९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।