उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६९४ चालकमाथि कारबाही
काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको नियमित तथा विशेष जाँचका क्रममा ती चालकहरू कारबाहीमा परेका हुन्।
कारबाहीमा पर्नेहरूमध्ये तीव्र गतिमा सवारी चलाउने १०४ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६५ जना रहेका छन्।
यस्तै, सिसिटिभी निगरानीमार्फत २८ जना, सवारीसाधनको अवस्था ठिक नराखी चलाउने २१ जना र रातो बत्तीको नियम उल्लङ्घन गर्ने १२ जना चालकलाई कारबाही गरिएको छ। निषेधित क्षेत्रमा हर्न बजाउने ३ जना र लेन अनुशासन उल्लङ्घन गर्ने ३ जना तथा अन्य विभिन्न ट्राफिक कसुरमा ४५८ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
मंसिर ३, २०८३ बिहीबार १०:५५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।