पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव : तराईमा हुस्सु र तुवाँलो, केही प्रदेशमा बदली

पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव : तराईमा हुस्सु र तुवाँलो, केही प्रदेशमा बदली

काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ। त्यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो र हुस्सु लागेको छ।

आज दिउँसो कोशी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य सबै भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

साथै, तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

मंसिर ३, २०८३ बिहीबार ०७:२५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।