रौतहटबाट काठमाडौं आउँदै गरेको जिप भीमफेदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

रौतहटबाट काठमाडौं आउँदै गरेको जिप भीमफेदीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ८:३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप भैँसेको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेरको हो।

दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए। घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो। अस्पताल पुर्याइएका घाइतेमध्ये चिकित्सकले ३ जनालाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ। घाइते अन्य ७ जनाको हेटौँडा अस्पतालमै उपचार भइरहेको छ भने उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

मंसिर ३, २०८३ बिहीबार १०:३५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।