सन्दीपको कप्तानीमा ‘एसिया कप राइजिङ स्टार्स’ का लागि १५ सदस्यीय नेपाली टोली घोषणा
काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान) ले कतारमा आयोजना हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स, २०२६’ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
५० ओभरको एकदिवसीय ढाँचामा सञ्चालन हुने यस प्रतियोगिताका लागि नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा नपुगेका टोलीका खेलाडीहरूलाई समावेश गरेर नेपाली टोली गठन गरिएको हो।
क्यानले सार्वजनिक गरेको टोलीमा कप्तान सन्दीप लामिछानेसहित बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेश गौतम, इशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन्।
आगामी नोभेम्बर १९ देखि २९ सम्म कतारको दोहामा हुने यस प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएईसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा भने श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।
खेल तालिकाअनुसार नेपालले नोभेम्बर २० मा भारत ‘ए’, नोभेम्बर २२ मा युएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ विरुद्ध खेल्नेछ[1]। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपाली टोली: सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, सन्दीप जोरा, पवन सर्राफ, बसिर अहमद, नन्दन यादव, अर्जुन कुमाल, देव खनाल, इशान पाण्डे, राशिद खान, दीपक डुम्रे र अभिषेश गौतम।
कात्तिक २९, २०८३ आइतबार २०:४५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।