जनकपुरमाथि चितवनको ४ विकेटको जित, चौथो स्थानमा उक्लियो

जनकपुरमाथि चितवनको ४ विकेटको जित, चौथो स्थानमा उक्लियो

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ दशमलव २ ओभरमा छ विकेटको क्षतिमा भेट्टायो। चितवनका लागि डेविड मलानले अविजित ३५, कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिसाराले १२ रन बनाए।

बलिङतर्फ जनकपुर बोल्ट्सका लागि राहुल यादवले ३, ललितनारायण राजवंशीले २ र विशाल सुस्लिङले एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो। 

जनकपुरका लागि कप्तान हरमित सिंहले २५, विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १०/१० रन बनाए। बलिङतर्फ चितवनका लागि रञ्जित कुमारले ३, कप्तान सिकन्दर रजा र कामिल मिसराले समान २/२ तथा रिजन ढकाल र कमल सिंह ऐरीले एक एक विकेट लिए।


यो जितपछि चितवन अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। उसले छ खेल खेल्दा तीनमा जित, दुई खेलमा पराजय र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ।

कात्तिक २७, २०८३ शुक्रबार २०:५६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।