आफ्नै कर्मचारीसँग दोस्रो विवाहेत्तर सम्बन्धको खुलासासँगै एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा
काठमाडौँ : चिनिया महिलासँगको विवाहेत्तर सम्बन्ध सार्वजनिक भएसँगै संकटमा परेका विश्वकै अग्रणी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको आफ्नै कर्मचारीसँग समेत सम्बन्ध रहेको सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका छन्।
दोहोरो विवाहेत्तर सम्बन्ध र चिनियाँ जासुसीसँग जोडिएको गम्भीर विवाद बाहिरिएपछि कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङको राजीनामाको पुष्टि गरेको हो। उनको दोस्रो सम्बन्धबारे द न्युयोर्क टाइम्सले खुलासा गरेको थियो। त्यसपछि उनले राजीनामा दिए।
उनको राजीनामापछि बोर्डले कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ।
विश्वव्यापी कृत्रिम बौद्धिकता क्रान्तिको मुख्य अनुहार मानिने हुआङको आफ्नै कम्पनीकी एक उच्च कार्यकारी अधिकृतसँग दोस्रो विवाहेत्तर सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्य पुनः भारी मात्रामा घटेको थियो।
अमेरिकी सेयर बजार १४:३० जीएमटीमा खुल्नुअघिको 'प्रि-मार्केट' कारोबारमै एनभिडियाको सेयर १० प्रतिशतले ओरालो लागेको छ।
चिनियाँ जासुसीको आरोप र एफबीआईको अनुसन्धान यसअघि गत आइतबार हुआङले आफ्ना सहकर्मीहरूलाई इमेल पठाउँदै अर्को एक कम्पनीकी महिलासँग विवाहेत्तर सम्बन्ध रहेको स्वीकार गरेका थिए। सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी 'मेगास्पिड' की कार्यकारी अधिकृत एलिस हुआङ भनिएकी ती महिला चिनियाँ गुप्तचर निकायकी जासुस भएको अमेरिकी अधिकारीहरूले आशंका गरेका छन्।
तर, बेइजिङले भने जासुसीको आरोपलाई निराधार र चीनविरुद्धको प्रोपोगान्डा भन्दै अस्वीकार गरेको छ। चीनको विदेश मन्त्रालयले जासुसीको बहाना बनाएर चीनमाथिको प्रविधि बिक्रीमा पुनः प्रतिबन्ध नलगाउन अमेरिकालाई चेतावनीसमेत दिएको छ।
हुआङले स्वीकार गरेको पहिलो सम्बन्धबारे एनभिडियाको बोर्ड र अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) दुवैले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्।
एनभिडियाको आचारसंहिताले प्रत्यक्ष रूपमा कार्यालयभित्रको प्रेम सम्बन्धलाई प्रतिबन्ध नलगाए पनि स्वार्थको द्वन्द्व निम्त्याउने कुनै पनि 'व्यक्तिगत सम्बन्ध' बाट टाढा रहन कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिएको छ।
आचारसंहिताअनुसार कम्पनीले दुर्व्यवहार वा आचरण विपरीतका उजुरीमाथि तत्काल छानबिन गर्ने नीति लिएको छ। साथै, कुनै कार्यकारी अधिकृत वा निर्देशकका हकमा आचारसंहितामा छुट दिइएमा कम्पनीले आफ्नो वेबसाइट वा नियामक निकायको 'फर्म ८-के' मार्फत तत्काल सार्वजनिक गर्नुपर्ने व्यवस्था छ, तर हुआङका हकमा त्यस्तो कुनै छुट सार्वजनिक गरिएको थिएन।
कात्तिक २६, २०८३ बिहीबार २०:१६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।