नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा शिक्षक थारुविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा शिक्षक थारुविरुद्ध मुद्दा दायर

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर नियुक्ति लिएको आरोपमा शिक्षक सुरेन्द्र कुमार विश्वास थारुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ स्थित श्री आदर्श निकेतन आधारभूत विद्यालयमा निम्न माध्यमिक तह गणित विषयको राहत शिक्षक पदमा नियुक्ति पाउन नक्कली प्रमाणपत्र पेस गरेको अभियोगमा थारुविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आदर्श निकेतनमा निम्न माध्यमिक तहको राहत अनुदान कोटामा अध्यापन शिक्षक थारुले भारतीय सर्टिफिकेट पेस गरी नियुक्ति लिएको भन्ने उजुरी परेपछि छानबिन थालिएको थियो। 

उनले २०६३ असार १५ गतेदेखि नियुक्ति पाउन भारतको बिहार स्कुल एक्जामिनेसन बोर्डबाट जारी गरिएको भनिएको आईएस्सी (इन्टरमिडियट लेभल) तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ। थारुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी गरेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

कात्तिक २७, २०८३ शुक्रबार १९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।