बङ्गालको खाडीमा नयाँ न्यूनचापीय प्रणाली विकसित हुँदै, नेपालमा कस्तो प्रभाव पर्ला ?
काठमाडौं : नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा नयाँ न्यूनचापीय प्रणाली विकसित भइरहेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी सूचनामा हालको मौसम विश्लेषणअनुसार उक्त प्रणालीबाट नेपालको मौसममा खासै असर पर्ने सम्भावना नदेखिएको उल्लेख गरिएको छ।
यद्यपि उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जारी गर्ने महाशाखाले जनायो। पछिल्लो मौसमी सूचनाको लागि विभागबाट जारी हुने बुलेटिन नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।
कात्तिक २७, २०८३ शुक्रबार १८:४८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।