सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले लिए शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार  न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त न्यायाधीशहरू डा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथग्रहण गराएका हुन्। 

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार सर्वोच्च अदालतका लागि चार न्यायाधीशलाई नियुक्त गरेका थिए। यसअघि, प्रस्तावित चारै न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो। 

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

कात्तिक २७, २०८३ शुक्रबार १७:३३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।