भरतपुरमा कारले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु, दुई घाइते

भरतपुरमा कारले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु, दुई घाइते

चितवन : भरतपुरमा शुक्रबार बिहान कारले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

भरतपुर महानगरपालिका-१६ स्थित फुर्तिचोकबाट नाविनचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो। 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ की ३० वर्षीया पैदलयात्री पार्वती भुजेल रहेकी छन्। ठक्करबाट घाइते भुजेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार सोही कारको ठक्करबाट अन्य दुई जना घाइते भएका छन्।

घाइते दुई जना पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए। घाइतेको अवस्था सामान्य रहेको छ। कार र कार चालक प्रहरीको नियन्त्रणमा छन्।

कात्तिक २७, २०८३ शुक्रबार १६:०८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।