सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइबाट अनुमोदित भएका चार जना नियुक्त भएका छन्। 

न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई न्यायाधीशमा नियुक्त गरेका हुन्।

कात्तिक २७, २०८३ शुक्रबार १४:१३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।