चीन भ्रमणमा जान लागेका रास्वपा सांसदहरूलाई शाहको सुझाव : ‘घुमघाम मात्रै होइन, नेपालको हितमा काम गर्नू’

चीन भ्रमणमा जान लागेका रास्वपा सांसदहरूलाई शाहको सुझाव : ‘घुमघाम मात्रै होइन, नेपालको हितमा काम गर्नू’

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा काम निर्देशन दिएका छन्। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार पार्टीका सांसदहरूसँग चीन भ्रमणबारे छलफल गरेका शाहले चीनबाट नेपालले लिन सक्ने लाभका विषयमा केन्द्रित हुन सुझाव दिए। 

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले भने, “उहाँले भ्रमणका क्रममा चीनबाट नेपालले लिन सक्ने लाभका विषयमा काम गर्न निर्देशन दिनुभएको छ, चीनबाट नेपालले प्रविधि, व्यापार, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सक्छ। भ्रमण घुमघाम मात्रै नहोस्, नेपालको हितलाई प्रगाढ बनाउने विषयमा काम गर्नुस्।”

रास्वपाका संसदीय दलका सदस्य तथा पार्टी नेता यही कात्तिक २९ गते १० दिनका लागि चीन भ्रमणमा जाने भएका छन्।  

कात्तिक २७, २०८३ शुक्रबार १५:३०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।