छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं : सरकारले छठ पर्वको भोलिपल्ट सोमबारका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गरेर सोमबार अर्थात् कात्तिक ३० गतेसमेत सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रहिआएकोले छठ पर्वको भोलिपल्ट पनि बिदा दिइएको बताए। 

सरकारले यसअघि नै कात्तिक २९ गते आइतबारका दिन परेको छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिइसकेको थियो। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गरेर छठ पर्वको भोलिपल्ट पनि बिदा दिइएको जानकारी गराएको हो।

कात्तिक २७, २०८३ शुक्रबार १५:१२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।