जिन्दगी जिन्दावाद

जिन्दगी जिन्दावाद

प्रकृतिले जब आफ्नो रूप फेर्छ, मानव बस्तीमा कस्तो प्रलय आउँछ भन्ने इतिहास साक्षी छ । तर, त्यही प्रलय र मृत्युको मुखबाट कसैले पुनर्जीवन पाउँछ भने त्यसलाई के भन्ने- संयोग, दैवी कृपा कि मानिसको बाँच्ने अदम्य चाहना ?

रसुवाको भोटेकोशी नदी र यस आसपासका क्षेत्रमा आएको भीषण जलप्रलय तथा विपद्ले लाखौँ सपना बगायो, हजारौँ परिवारलाई सदाका लागि उजाड बनाइदियो । तर, त्यही प्रलयमा पनि मृत्युलाई चुनौती दिने कुछ असाधारण र चामत्कारिक घटना भए ।

सुरुङको निसास्सिने अन्धकार होस् वा भग्नावशेषको लेदोमा पुरिएको जीवन, कालको मुखबाट कवीर महर्जन, सञ्जय साह, चिनियाँ नागरिक लुआ हाइताओ, ६२ वर्षीया चण्डिका श्रेष्ठ र ६ वर्षीया मनिषा मगर केवल नाम मात्र रहेनन्, उनीहरू प्रकृतिको क्रूर प्रहारविरुद्ध मानव जातिको अदम्य जिजीविषा र संघर्षका प्रतीक हुन् ।

It’s not over until it’s over. यसलाई यसरी पनि बुझ्न सकिन्छ- साँच्चै जिजीविषा नसकिएसम्म मानिस मर्दैन ।

विपद्का बेला पनि त्यही हो, आशाको एउटा मात्रै त्यान्द्रो बाँकी रहँदासम्म पनि जीवन हार्दैन । कम्तीमा यी पाँच पात्र यसको जीवन्त उदाहरण हुन् । मृत्युलाई परास्त गरेर फर्किएका यी अनुहारहरूले आज हामीलाई भनिरहेका छन्- परिस्थिति जस्तोसुकै होस्, जिन्दगी सधैँ जिन्दावाद !

भोटेकोशी महाप्रलयमा मृत्युलाई जितेर चामत्कारिकरूपमा पुनर्जीवन पाएका यिनै पाँच पात्रहरूको मर्मस्पर्शी आवरण:

अनि बाँचेरै फर्किए कवीर

भोटेकोशीको जलप्रलयपछि ‘त्रिशूली थ्री ए’को सुरुङमा २१७ घण्टा फसेका कवीर महर्जनले मृत्यु स्विकारिसकेका थिए । अचानक त्यो शून्य र निस्पट्ट अँध्यारोमा एउटा आवाज आयो- ‘हामी आउँदै छौँ ।’

Dreams र Nightmare । अङ्ग्रेजीका यी दुई शब्दलाई ठ्याक्कै नेपालीमा भन्नुपर्दा- सपना र दुःस्वप्न ।

भदौ १० गतेअघिसम्म, कवीर महर्जन, निदाउँदा प्रायः ‘सपना’ देख्थे- परिवारको, भविष्यको अनि आफ्ना अपूरा धोकोहरूको । तर अचेल उनको निद्रा ‘दुःस्वप्न’मा बितिरहेको छ । प्रायः निद्रा पातलाे छ । निदाइहाले, एकैछिनमा झसङ्ङ भइहाल्छन् ।

यो ऐँठनको कथाले तपाईँलाई विचलित पार्नसक्छ । अथवा, कवीरको जिजीविषाले तपाईँलाई उत्कट हिम्मत पनि दिनसक्छ । अगाडि बढ्ने कि नबढ्ने पाठककै रोजाइ । यत्ति हो, यो आम कथा चाहिँ होइन ।

परिवारको साथमा कबिर महर्जन। तस्बिर : दिपेश श्रेष्ठ। परिवारको साथमा कबिर महर्जन। तस्बिर : दिपेश श्रेष्ठ।

०००

जहाँ प्राविधिक समस्या, त्यहीँ कवीर । विद्युत् प्राधिकरणका मेकानिकल सुपरभाइजर कवीरको कामको प्रकृति नै यस्तै थियो । त्यसैले उनी भदौ ८ गतेसम्म कुलेखानी जलविद्युत् आयोजनामा बिग्रिएको इलेक्ट्रिकल मोटर बनाइरहेका थिए । उता ‘त्रिशूली थ्री ए’मा काम गर्ने मान्छे अपुग हुँदैनथे त अरू दुईचार दिन उनी कुलेखानीमै बस्नुपर्ने थियो । तर भदौ ४ गते नै उनलाई भनिएको थियो- सक्दो छिटो त्रिशूली पुग्नू ।

८ गते कुलेखानीको काम सकेर उनी अबेरतिर कीर्तिपुरमा भएको घर फर्किए । भोलिपल्ट बिहानै श्रीमती हीराशोभा महर्जनले पकाएको रङ कडा भएको चिया पिए अनि हिँडे रसुवातिर ।

“हामीलाई कुलेखानीमै राख्न खोजिएको थियो । तर माथिल्लो त्रिशूलीका कार्यवाहक प्रमुख सर देशबाहिर जानुभएको थियो । त्रिशूलीमा म्यानपावर कम भयो भनेर बोलाएकाले नै त्यता गएको हो,” असोज १२ गते उनकै घरमा हामीसँगको संवादमा कवीरले यसै भने ।

त्यस दिन हामीले देख्दा, सुरुमा त कवीर घरमा आफन्त र छरछिमेकबाट घेरिएका थिए । पुनर्जन्म पाएको भन्दै एक हुल आफन्त उनलाई सगुन खुवाइरहेका थिए- माछा, अन्डा, अयला । कवीर अयला पिउन हिच्किचाइरहेका थिए । उता बुवा नन्दकुमार महर्जन चाहिँ छोरो बाँचेको खुसीमा मस्त भइसकेका थे ।

०००

९ गते रसुवा पुगेका कवीर भोटेकोशीको त्यो जलप्रलयपछि पूरै ९ दिन नै फसेका थिए, ‘त्रिशूली थ्री ए’को सुरुङमा । अनि फसेका थिए, जीवन र मरणको अनिश्चयमा । १०औँ दिनमा उद्धार अनि लगभग एक महिना वीरेन्द्र सैनिक अस्पतालमा उपचारपछि इन्द्रजात्राको दिन उनी डिस्चार्ज्ड भए ।

एकातिर ‘जीवित’ देवी कुमारी । अर्कोतिर ‘स्वर्गलोक’का राजा इन्द्र । इन्द्रजात्राले विम्बात्मकरूपमा भन्ने जीवन र मृत्युको किस्सा, कवीरको नयाँ चोलाको हिस्सा बन्यो । यो संयोग मात्र हो ।

संयोग के चाहिँ होइन भने उनले देखेको वा भनौँ केही नदेखेको २ सय १७ घण्टाको सुरुङभित्रको अँध्यारो ।

०००

कीर्तिपुरबाट धेरै टाढा होइन ‘त्रिशुली थ्री ए’को परियोजनास्थल । उनी घरबाट चिया पिएर हिँडेका थिए, त्यहाँ पुग्दा बिहानकै खाना खाने समय भएको थियो । खाना खाए । केही बेर आराम गरे । अनि आफ्नो काम सुरु गरे ।

अघिल्लो दिनदेखिको यात्रा अनि कामको चाप । त्यस दिन उनी छिट्टै सुते । अनि भदौ १० गते । बुधबारको दिन ।

उनको ड्युटी थियो बिहानै ६ बजेदेखि । उठेर क्याम्पबाट टनेलसम्म गाडीमा गए । पावरहाउस पुगेपछि सहकर्मीहरूसँगै नास्ता खाए । सुरुङभित्र मोबाइल नेटवर्क हराउँथ्यो । त्यसैले साढे सात बजेतिर हीराशोभालाई फोन गरेर भने, ‘टनेलमा जान लागेको छु । अब फोन लाग्दैन ।’

सुरुङबाट सकुशल निकालिएका कबिर। तस्बिर : एपिएफ। सुरुङबाट सकुशल निकालिएका कबिर। तस्बिर : एपिएफ।

“टनेलभित्र पावरहाउसको अन्डरग्राउन्डमा काम थियो । त्यहाँ गएपछि फोनको नेटवर्कले राम्रो काम गर्दैन । त्यहाँ मोबाइल पनि बोकिन्न, घडी पनि बोकिन्न । समय नै थाहा हुन्न,” कवीरले आफ्नोतिरको परिस्थिति सुनाए ।

यता फोन राखेपछि हीराशोभा खाना बनाउन अनि छोराहरूलाई स्कुल पठाउने तयारी गर्न थालिन् । पल्लो कोठामा कवीरका बुवा नन्दकुमार टेलिभिजन हेरिरहेका थिए । करिब सवा ९ तिर एकाएक टेलिभिजनमा फ्ल्यास न्युज चल्न थाल्यो । उनले हेरिरहेको कार्यक्रम बीचमै रोकियो । टेलिभिजन स्क्रिनमा पानीको विशाल भेल मात्र देखापर्‍यो । उनको मनमा चिसो पस्यो । घरका मान्छे आत्तिन्छन् भनेर सुरुमा श्रीमती विजयालक्ष्मीलाई मात्र सुनाए- ‘ठूलो बाढी आयो, छोरा त्यतै काम गर्छ ।’ यसपछि दुवैको मन चिसियो ।

तर क्षणभरमै बाढीको समाचार यत्र, तत्र, सर्वत्र भयो । हीराशोभाले पनि थाहा पाइन् । कवीरका भाइ अमीरले पनि थाहा पाए ।

“मलाई फोन गर्दा काम भित्र टनेलमा हुने भन्नुभाथ्यो । मलाई लाग्यो सायद भित्रै हुनुन्छ होला । त्यसैले पनि उहाँको अवस्था राम्रो छ भन्नेमा हामी ढुक्क थियौँ । तर पछि त निक्कै डरलाग्दो रैछ भन्ने थाहा भो । अनि उहाँको चिन्ता हुन थाल्यो,” कवीरको छेउमै बसेर हीराशोभाले घरपट्टिको अभर सुनाइन् ।

श्रीमती बोलिराख्दा पनि कवीर छटपटाइरहेका थिए । बोल्न खोज्थे तर आवाज सजिलै निस्किइरहेको थिएन । सुरुङमा घाइते भएपछि उपचारको बेला लगाएको क्र्याक ब्यान्डेज उनको दाहिने हातमा अझै थियो । त्यो हात अड्याउन सानो टेबल ओछ्यानमै थियो ।

०००

“दाहिने हातमा घाउ कसरी भयो ?” उनलाई हातले साह्रै दुःख दिएपछि हामीले सोध्यौँ । उनले बेलीविस्तार लगाए :

‘म भित्र काम गर्दै थिएँ । साढे ८ जति बजेको हुँदो हो त्यत्तिकैमा कन्ट्रोल रूममा फोन आयो । कन्ट्रोल रूममा बस्नेले सबैले सुन्ने गरी अनाउन्स नै गरे- रसुवागढीमा बाढी आयो ।’

विभिन्न स्थानका जलमापन केन्द्र र अध्ययनहरूका अनुसार बुधबार बिहान करिब ८ बजेर ३७ मिनेटमा लाङटाङ लिरुङ हिमालमा हिमचट्टान पहिरो गयो । त्यसको असरले डेब्री बग्दै करिब ८:४४ मा बाढी रसुवागढी आइपुग्यो । ८:५५ मा स्याफ्रुबेंसी र ९:२६ मा बाढी वेत्रावती बजार पुगेको देखिन्छ । त्रिशूली थ्री ए, स्याफ्रु र वेत्रावतीको बीचमा पर्छ । स्याफ्रुबाट दक्षिणतर्फ करिब १५ देखि १८ किलोमिटरको सडक दुरीमा माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङको प्रवेशद्वार छ ।

एक वर्षअगाडि पनि त्यहाँ बाढी आएकै थियो । ‘त्रिशूली थ्री ए’को गेटै भत्किएको थियो । उनले सोचे- बाढी भनेको त्यस्तै त हो नि ! तर त्यस दिन जे आयो, त्यो बाढी थिएन । जलप्रलय थियो । प्रधानमन्त्री वालेन्द्र शाहले त संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै त्यसलाई ‘हिमाली सुनामी’को संज्ञा नै दिए ।

“४ वर्षअगाडि पनि ड्याम बगाएको थियो । हामीले त्यही लेभलको त होला भन्ने सोच्यौँ । तर हैन रहेछ,” कवीरले भने, “पहिला त बाढीले टनेल छेउछाउ क्षति गर्ने वा पानी भित्र छिर्नेसम्म हुन्थ्यो । तर यसपालि हामीले सोचेको भन्दा बाढी धेरै ठूलो आइदियो ।”

तर कवीर बाढीको आकार मात्र होइन, बाढीको आगमनबारे पनि गलत अनुमान गर्दै थे । बाढी सुरुङसम्म आइपुग्न एक डेढ घण्टा लाग्छ भनेर कवीर र अरू सहकर्मीहरू सामान ‘प्याक’ गरेर थन्काएर बाहिर निस्कने योजना बनाइरहेका थिए । केही साथीहरू त सुरुङको सबैभन्दा तल्लो भागमा पनि थिए । कवीरले बोलाएपछि उनीहरू माथि आए र बाहिर निस्कने तयारी गर्न थाले ।

उपचारपछि घरमा आराम गरिरहेका कबिर। तस्बिर : दिपेश श्रेष्ठ। उपचारपछि घरमा आराम गरिरहेका कबिर। तस्बिर : दिपेश श्रेष्ठ।

अरू बाहिर हिँडे । कवीर पनि जाँदै थिए, आधा बाटोमा सम्झिए- ओहो ! मोबाइल त कन्ट्रोल रूममै पो छ । उनी मोबाइल लिन कन्ट्रोल रूममा पुग्दा नै बाढीको ठूलो भेल सुरुङमा छिर्‍यो । यता कवीर अनभिज्ञ थिए, उता बाहिर जाँदै गरेका साथीहरू त्यही भेलमा हेलिए वा बगाइए, यो आजसम्म अज्ञात छ ।

कन्ट्रोल रूम पुग्दा भने कवीरले अर्का व्यक्ति भेटाए- सञ्जय साह । सुरुमा त सञ्जयले सीसीटीभी फुटेज देखाउँदै भनेका थिए- “कवीर सर, हेर्नुस् त बाढी ।” यतिन्जेल दुवैलाई बाहिरको स्थिति कति भयावह छ भन्ने अनुमान नै थिएन । तर जसै कवीरले फुटेज हेरे, उनी पूरै अत्तालिए । मन खोक्रो भयो । जिउ सिरिङ्ङ ।

“ए यो त हाम्रै पावरहाउसबाहिर आउटलेटको बाढी हो,” उनले डर, अत्यास र अनिश्चयको भावमा भने । यसपछि बल्ल सञ्जय र कवीर दुवैलाई लाग्यो, उनीहरू फसे ।

०००

बाढी एक्जिट टनेलतिरबाट छिरेकाले उनीहरूले बुद्धि पुर्‍याएर निर्णय गरे- त्यता नजाने, केबल टनेलतिर जाने । जलविद्युत् आयोजनाको सुरुङमा केबल टनेल केही उचाइमा हुन्छ । ‘त्रिशूली थ्री ए’को कुरा गर्दा कन्ट्रोल रूमबाट एक-डेढ तल्ला माथि । जहाँ पुग्न तीन वटा छुट्टाछुट्टै भर्याङ उक्लनुपर्थ्यो ।

तर भर्याङ चढ्दा चढ्दै दुवैलाई पानीले लपेटिहाल्यो । पानीको छालले सञ्जयलाई एउटा कुना र कवीरलाई अर्को कुना हुत्याइदियो । भर्याङबाट बगाउँदै बजारिदियो भुइँमा । संयोगवश सञ्जयले भेन्टिलेटर समात्न भ्याए । कवीर पौडिन थाले ।

“मलाई भर्याङमा पूरै घुमाई घुमाई बगाएको थियो । तलसम्मै पुगेँ । म त्यहाँ चुर्लुम्मै डुबेँ । अलि पछि पानी घट्दै गएपछि पौडिँदै छेउ लागेँ,” कवीरले प्रस्ट सम्झिन सक्ने दृश्य यति नै थियो । यसपछि कवीरका यादहरू धमिला छन् । उनका अनुसार छेउ लागेको केही बेरमै फेरि बाढी आएर उनलाई बगायो । यसपालि पौडिन सकेनन् । जेनतेन ज्यान जोगाए ।

बाढी कम भएपछि जिउ छामे । पूरै भिजेको अनि पूरै गलेको थियो । आफ्नो शरीर कुन अवस्थामा छ भन्ने उनले देखिरहेका थिएनन् । कारण, सुरुङको निस्पट्ट अँध्यारो । गलेको जिउ न हो, उनी केही समय आराम गर्छु भन्दा बेहोसी अवस्थामा पुगेछन् । उनी होसमा आउँदा भिजेका लुगा सुकिसकेका थिए ।

“आराम कति घण्टा गरेँ, अनि दिन भयो कि रात त्यो चाहिँ थाहा भएन । तर जब ब्युँझेँ, त्यो बेला लुगा सबै सुकिसक्या थियो । अनि, अब चाहिँ बाहिर निस्कने बाटो खोज्नुपर्छ भन्ने लाग्यो,” उनले भने । पटक पटक गरेर करिब ५ वर्ष यो टनेलमा बिताइसकेका थिए कवीरले । त्यसैले अनुमान गर्दै, पाइला गन्दै अनि छामछुम गर्दै बाटो खोज्न थाले । तर उनको मानसपटल भएको आकार, बाढीले तहसनहस पारिसकेको थियो ।

०००

उता सुरुङमा बाँच्न कवीरको संघर्ष । यता परिवारमा छटपटी । बाढी आएको केही घण्टासम्म पनि दाइसँग सम्पर्क हुन नसकेपछि भाइ अमीर महर्जनले सुरुमा साथी र गाउँलेहरूसँग कुरा गरे । कीर्तिपुर नगरपालिका कार्यालय पुगे । आफ्नो क्षेत्रका सांसद प्रदीप विष्टलाई पनि सम्पर्क गरे । तर कसैले फोन घुमाइदिँदैमा कवीर भेटिने स्थिति छँदै थिएन । छटपटी झन् बढिरह्यो ।

भदौ ११ गते बिहानै साथीहरूसँग विद्युत् प्राधिकरण पुगे अमीर । उनले केही अधिकारीहरूसँग कुरा गरे । उनीहरूले भर्खरै ‘त्रिशूली थ्री ए’ मा गएर आएको फोटो देखाउँदै भने- रेस्क्यु हाम्रो हातमा छैन । मन नलागी नलागी अमीर पनि स्विकार्न बाध्य भए- दाइको उद्धार कसैको हातमा छैन ।

“केही नै थिएन त्यहाँ । अब के गर्ने होला भन्ने भयो,” एक महिनापछि घटना सम्झिँदा पनि हतास स्वरमा अमीरले भने । तर प्राधिकरणले उनीहरूलाई एउटा लिस्ट दियो । त्यसमा ‘त्रिशूली थ्री ए’मा बाँचेकाहरूको नाम थियो । एक जना सम्पर्कमा आए । उनले चिया खाने बेलामा बाढी आएकोले आफू बाचेको बताए । उनैले सुनाए- सुरुङभित्र पानी छिरेकोले अवस्था भयावह हुनसक्छ । महर्जन परिवारमा अत्यास झन् आकासियो ।

भदौ १४ गतेबाट बल्ल सरकारले ‘त्रिशूली थ्री ए’मा खोजीको काम तीव्र बनायो । चौथो दिन अमीर केही साथीहरू लिएर खोजीको काम तीव्र बनाउन दबाब दिन प्राधिकरण गए । तर पार लागेन । उनी प्राधिकरणका महाप्रबन्धक लिएर ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसम्म पनि पुगे । मन्त्रीले पनि दिनसक्ने आश्वासन मात्रै थियो, त्यही पाए । सातौँ दिन भने मन्त्री श्रेष्ठले टनेलमा फसेकाहरूको परिवारलाई घटनास्थलमा को जाने छनोट गरेर आउन भने ।

यता महर्जन परिवार पहिलो, दोस्रो, तेस्रो भन्दै दिन गनेको गन्यै थियो । सातौँ दिन पुग्दा पनि दिनरात नभनी खोज्न पहल गरेको गर्‍यै थियो । उता कवीरलाई त त्यही पनि थाहा थिएन । सुरुङमा के दिन, के रात !

०००

करिब २०५७/५८ सालतिर हुँदो हो, त्यतिबेला ‘मन नबदलिएको भए’ कवीरलाई अहिले जस्तो दुःस्वप्नले दहाड्दैनथ्यो । भोटेकोशी जलप्रलयपछि त्रासदका ती १० दिन सुरुङमा बिताउनुपर्दैनथ्यो । २०३७ फागुन ५ गते जन्मिएका कवीर महर्जनले कीर्तिपुरको पाँगा हनुमानघाटमा रहेको टिब्रु भ्याली बोर्डिङ स्कुलमा पाँच कक्षासम्म पढे । त्यसपछि कीर्तिपुरमै रहेको जनसेवा माध्यमिक विद्यालयबाट २०५३ सालमा सेकेन्ड डिभिजनमा एसएलसी पास गरे ।

उनको कलेजको यात्रा शहीद स्मारक कलेजबाट भयो । त्यहीँ स्नातकमा उनी कमर्स पढ्न थाले । तर दोस्रो वर्ष पढ्दा पढ्दै उनको मन बदलियो । हरहिसाबभन्दा मेसिनरीले ध्यान खिच्यो । अनि बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा मेकानिकल इन्जिनियरिङ पढ्न प्रवेश परीक्षा दिए । नाम निस्कियो । पढ्न पाउने भए । तर समय कसरी मिलाउनु ?

“मेकानिकल डिप्लोमा पढ्न अप्लाई त गरेँ, तर यता कमर्स पनि छाड्न मन लागेन । अनि बिहान कीर्तिपुरमै पढेँ, दिउँसो बालाजु गएर पढ्न थालेँ,” कवीरले भने । प्राविधिक धारमै मन बसेपछि भने कमर्स छाडे । त्यसपछि थप पढ्न पुल्चोक इन्जिनिरिङ कलेजमा प्रवेश परीक्षा दिए । यसपालि नाम निस्केन । अनि बालाजुमा पढेको मेकानिकल इन्जिनियरिङकै आधारमा उनी जागिर खोज्न थाले ।

“पुल्चोकमा नाम ननिस्किएपछि अब काम गरौँ भन्ने लाग्यो । वर्कसपमा काम पाएँ । ठूलो प्लान्टहरूमा पनि काम पाएँ । त्यसपछि अटो इन्जिनियरको रूपमा चार वर्ष काम गरेँ,” विगतका पाना पल्टाउँदा टनेलको त्रास केही समय भए पनि बिलायो । उनी प्रशन्न देखिए । कस्तो घटना सम्झँदै छु भन्ने कुराले मानिस कस्तो मनस्थितिमा पुग्ने भन्ने निर्धारण गर्ने रहेछ । सायद यसैले पनि होला, उनी अचेल निको भएको अनि फेरि हाइड्रोपावरकै काममा फर्किएको योजना र सपना बुन्न थालेका छन् । यत्ति हो, अहिले सपनालाई दुःस्वप्नले जितिरहेको छ ।

अकल्पनिय दुर्घटनाबाट जिवितै फर्किएको खुसीमा स्वागत गर्दै कबिरको परिवार। अकल्पनिय दुर्घटनाबाट जिवितै फर्किएको खुसीमा स्वागत गर्दै कबिरको परिवार।

विगत कोट्याउँदै गर्दा केही सहज महसुस गरेकाले हामीले उनलाई पुरानै कुरा सोध्यौँ- “विदेश जाउँ जाउँ चाहिँ लागेन ?” नेपालमा चार वर्षजति काम गरेपछि उनी साउदी अरब गएका रहेछन् । त्यहाँ साढे तीन वर्षजति काम गरेर नेपाल फर्किएका रहेछन् । यो २०६५ सालको कुरा हो । त्यसपछि उनलाई विदेश जान मन भएन । फेरि नेपालमै जागिर खोज्न थाले ।

२०६७ सालमा गोरखापत्रमा एउटा विज्ञापन देखे, विद्युत् प्राधिकरणको । हतार हतार फर्म बुझाउन प्राधिकरणको खरिपाटीमा रहेको कार्यालय पुगे । जुनियर मिस्त्री, मेकानिकल फोरम्यान र मेकानिकल सुपरभाइजर । यी तीन पदमा उनले दरखास्त हाले । तर अन्तर्वार्तामा नाम जुनियर मिस्त्रीमा मात्र निस्कियो । यही पदबाट उनको सरकारी जागिर यात्रा सुरु भयो । तथापि बढुवा हुँदै मेकानिकल सुपरभाइजर भई छाडे ।

२०७७ सालदेखि २०८२ पुस महिनासम्म कवीर ‘त्रिशूली थ्री ए’मै थिए । माघबाट उनको सरुवा भयो, अटोमेसनमा । यो भनेको देशभरका जुन जुन आयोजनामा समस्या आउँछ, त्यहीँ त्यहीँ गएर मर्मत गर्ने । त्यसैले भदौ ८ गते कुलेखानीमा भएका कवीर ९ गते त्रिशूली पुगेका थिए ।

०००

कतिऔँ दिन- थाहा छैन । दिन कि रात- थाहा छैन । त्रिशूलीको सुरुङमा कवीरको संघर्ष जारी थियो ।

“केबल टनेल खोजेर कराएँ भने साथीहरूले निकाल्छन् भनेर अनुमानको भरमा पाइला गनी गनी बाटो खोजेँ । तर सम्भव भएन,” यतिन्जेल पनि कवीरलाई थाहा थिएन बाढीले सबै बाटो बन्द गरेको । बिस्तारै शरीरको शक्ति र ऊर्जा सकियो । अनि बाहिर निस्कने बाटो खोज्न छाडेर एकै ठाउँमै बसे । कवीरले मृत्यु स्विकारिसकेका थिए । बस्, मृत्युले स्विकार्न बाँकी थियो ।

कहिले होस, कहिले बेहोस । जिउमा घाउ भा’छ भन्ने थाहा छ तर हेर्ने कुनै तरिका छैन । जिउ यति गल्दै गयो कि एक जोर जुत्ता पनि बिसौँ किलो भारी बोकेको जस्तो हुन थाल्यो । त्यो फुकाले । कपडा च्यातिएको थियो । टनेलमा चिसो हुने नै भयो । यता उता छाम्दा स्ल्याब भेटे । यो ठाउँ अलि न्यानो लाग्यो उनलाई । अनि यहीँ बसे ।

यहाँ पनि होस र बेहोस बराबर । चेत खुल्दा मात्र उनलाई सुरुङमा छु भन्ने महसुस हुँदो रहेछ । नत्र त अचेत अवस्थामै बेला बेला उनी चिया पिउँथे । श्रीमतीसँग मीठा कुरा गर्थे । हुन पनि, उनको अचेत मनका लागि यो वास्तविकता नै थियो । तर यथार्थमा उनी एक्लै बर्बराइरहेका थिए । जब उनी होसमा फर्कन्थे, निकै तिर्खाएका हुन्थे । त्यो तिर्खा पानीको मात्र थिएन, उद्धारको पनि थियो ।

खाने कुरा त केही नै थिएन सुरुङमा । तर बाँच्नकै लागि भए पनि पानी त पिउनुपर्यो । ‘सर्भाइभल इन्स्टिङ्ट’ भनेको साँच्चै अद्वितीय चिज रहेछ । हिन्दीमा एउटा उक्ति छ- मर्ता क्या नहीँ कर्ता । शरीरमा ऊर्जा थिएन, तैपनि हिलो र लेदोमा कुर्कुच्चाले थिचेर खाल्डो पार्थे । त्यहाँ एकछिनपछि पानी जम्थ्यो । अनि केही बेर कुरेर अब त पानी सङ्लो भयो भन्ठानेर घोप्टो परेर सीधै मुख जाकेर पिउँथे । पछि त कंक्रिटका जोइन्ट्सबाट झरेको पानी पिएर बाँचे उनी । यो पानी चाहिँ सङ्लै हुन्थ्यो ।

यो बीचमा कसैले सुनिहाल्छ कि भनेर जोड जोडले बोलाउँथे पनि । उनले कतिपटक गुहार मागे, कतिपटक रोए र कतिपटक होस र बेहोसमा फर्किए यसको केही लेखाजोखा छैन ।

तर अचानक कता कता मधुरो रङ चलमलाएको देखे उनले । त्यो निस्पट्ट अँध्यारोमा मधुरो नै सही, रातो रङले उनको ध्यान तान्यो । हलचल नगरी बसे । रातो रङको चमक बढ्दै गयो । एकछिनमा त मान्छे बोलेको जस्तो पनि सुनियो । उनलाई यो भ्रम हो भन्ने पनि नलागेको होइन । तर पनि चुप लागेर बसे । अनि एकछिनमा त उनी निश्चिन्त भए- यो मान्छेकै आवाज हो । अनि आफैँले आवाज दिए- “म यहाँ छु । मेरो नाम कवीर हो ।”

यता १० दिनदेखि सुरुङ फोडिरहेका अनि भित्र छिर्न खोजिरहेका सेनाको टोलीलाई त्यो आवाजले त्राण दियो । उनीहरूले पनि हतार हतार आवाज फर्काए, “हामी आउँदै छौँ, तपाई त्यही बस्नु ल ।”

कवीर एकाएक भक्कानिए । आँखा पूरै रसायो । हाँसेजस्तो, रोएजस्तो । खुसी भएजस्तो । सबैभन्दा ठूलो कुरा बाँचेजस्तो । बाँच्दाको अनुभूति कसरी व्यक्त गर्ने ? एकैछिन त कवीर त्यो भाव प्रकट गर्न पनि सकिरहेका थिएनन् । यत्ति हो, यो घटनाक्रम हामीलाई सुनाइरहँदा उनको अनुहारले बेला बेला मुस्कान छोडिरहेको थियो ।

त्यसपछि एक्कासि उनको आँखैमा उज्यालो ठोक्कियो । उनले आँखा हेर्नै सकेनन् । झ्याप्प चिम्लिए । आँखा खुल्दा उनी ‘पाताल’बाट निस्किइसकेका थिए । दिनको उज्यालोमा केही व्यक्तिले आफूलाई स्ट्रेचरमा बोकेर उद्धार गर्दै गर्दा उनको मनमा एउटै भाव थियो- नमन । सकिनसकी हात उठाए । हत्केला जोड्न खोजे । अलि अलि नजिक पुगे अनि आफूलाई बचाउनेहरू सबैलाई नमन गरे ।

भित्रजस्तै बाहिर निस्कँदा पनि झ्याप्पै उज्यालो आँखामा परेको रहेछ । “त्यो हेर्नै सकिनँ मैले । उद्धार गरेर टनेलबाहिर ल्याउँदाको उज्यालो रहेछ । पछि अस्पताल ल्याउनुभएको रहेछ । विस्तारै सबै थाहा हुँदै गयो,” यति सुनाइराख्दा कवीर थकित थकित देखिए ।

०००

आफू उद्धार हुन्जेल कवीर थाहा नपाएको अर्को यथार्थ क्या थियो भने त्यही बेला सञ्जयको पनि उद्धार भएको थियो । सैनिक अस्पतालमा उपचार हुँदै गर्दा यसो आफ्नो बेडको पल्लोपट्टि हेर्दा मात्र उनले सञ्जयलाई देखेका थिए । कवीरलाई त लागेको रहेछ- सञ्जय अब छैनन् । तर सञ्जय सुरुङमा कवीरको नजिकै थिए । कवीरले १० दिनसम्म सुरुङमा कसैको आवाज सुनेनन् रे । तर सञ्जय भने सुरुङमा कवीरले कुरा गरिरहेको, चिया खान बोलाइरहेको आवाज सुनिरहन्थे । उपचारकै क्रममा सञ्जयले कवीरलाई सुरुङभित्रको कुरा सुनाउँदा कवीर त छक्कै परेका थिए । “सायद सपनामा वा बेहोसीमा कराएर होला, मैले चाहिँ उसको आवाज सुनिनँ,” कवीरले भने ।

उपचारको आठौँ दिन सञ्जय डिस्चार्ज्ड भए । कवीर लगभग एक महिनाजति अस्पताल बसे । हात र खुट्टामा चोट पूरै निको भइसकेको छैन । तथापि, घाउहरू भरिँदै गएको छ । निको हुनासाथ काम त गर्नु नै छ । तर सुरुङको आघात तत्कालै निको हुने छाँट छैन । सुत्न खोज्दा अहिले पनि रातको अंधकारले सुरुङको झझल्को दिन्छ उनलाई ।

“सकभर यसलाई जित्ने प्रयास त गर्दै छु । काउन्सिलिङ पनि लिन थालेको छु । हेरौँ के हुन्छ,” धेरै आशा अनि थोरै अनिश्चयमिश्रित भावमा उनले भने ।

कालो सुरुङभित्रका ती १० दिन

माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत ३० वर्षीय सञ्जय साह भदौ १० गते बिहान नियमित ड्युटीमै व्यस्त थिए । कन्ट्रोल रुममा बसेर सिसिटिभी मनिटर गरिरहेका उनले अचानक हेडवर्क्समा बाढीको मुस्लो पसेको देखे ।

आफू जोगिनु त छँदै थियो, टनेलको भूमिगत भागमा काम गरिरहेका अन्य ४०/५० जना सहकर्मीको ज्यान बचाउनु पनि उत्तिकै महत्त्वपूर्ण थियो । उनले तत्काल सबैलाई बाढी आएको जानकारी दिएर सुरक्षित स्थानतर्फ भगाउँदै थिए । त्यति समयसम्म त्यो बाढी पावरहाउसको सुरुङभित्र नै पस्यो । अरूलाई बचाउने क्रममा उनी आफैँ भने सुरुङको निस्पट्ट अँध्यारोमा फस्न पुगे ।

सुरुङबाट निकाल्दै गरिएका सञ्जय। सुरुङबाट निकाल्दै गरिएका सञ्जय।

बाढीको भेल सुरुङभित्र पसेसँगै हावाको तीव्र दबाब (एयर प्रेसर) बढ्यो र भित्र लेदो भरिन थाल्यो । ज्यान जोगाउन सञ्जय सुरुङको भित्री चेप (केबुल डक्ट) तिर उक्लिने प्रयास गर्दै थिए, तर बाढी र हिलोको बेगले उनलाई हुत्तयायो । त्यसबेला सञ्जयसँगै अर्का सहकर्मी कबिर महर्जन पनि थिए । तर, पानीको भेलले हुत्तयाएपछि उनीहरू एकअर्काबाट छुट्टिए र सञ्जय निस्पट्ट अन्धकारमा एक्लिए । बाढीले यताउति बगाउने क्रममा सञ्जयको हातमा अचानक एउटा वस्तु पर्‍यो, त्यो भेन्टिलेटर थियो । Uनी त्यसैले च्याप्प समातेर माथि उक्लिए र पानीको सतह घटेपछि मात्र तल ओर्लिए ।

सुरुङभित्रको त्यो निस्पट्ट अँध्यारोमा आँखा खोल्नु र बन्द गर्नुको कुनै अर्थ थिएन । लगातार अँध्यारोमा हेर्दा आँखा बिग्रिने डरले सञ्जयले अधिकांश समय आँखा चिम्लिएरै बिताए । खानाको त कुरै छाडौँ, पिउने पानीसम्म थिएन । यस्तो कठिन अवस्थामा उनले टनेलभित्र काम गर्दाको आफ्नो अनुभव प्रयोग गरे । पानी झरिरहेको आवाज पच्छ्याउँदै भित्ता छाम्दै जाँदा उनले चट्टानबाट चुहिएको धमिलो पानी भेटाए र त्यसैलाई पिएर आफ्नो तिर्खा मेटे ।

यता नुवाकोटको सुरुङभित्र सञ्जय मृत्युसँग पौँठेजोरी खेलिरहँदा, उता सप्तरीको तिलाठी कोइलाडीस्थित उनको गाउँमा भने रुवावासी चलिरहेको थियो । भदौ १० गते बाढीको खबर गाउँ पुगेदेखि नै सञ्जयको घरमा चुल्हो बलेको थिएन । आमा कपुरदेवीको आँखाबाट आँसु ओभाएको थिएन भने श्रीमती लक्ष्मीकुमारी भावशून्य भएर टोलाइरहेकी थिइन् ।

सुरुङभित्र सञ्जय र कबिर फसेका थिए भने बाहिर उनीहरूको खोजीका लागि उद्धार टोली सक्रिय थियो । भित्रका सञ्जय बाहिरी प्रयासबारे अनभिज्ञ थिए, अनि बाहिरको टोलीलाई भित्रको अवस्थाबारे केही थाहा थिएन । सुरुङभित्र प्रवेश गर्न निकै कठिन थियो । मुख्य प्रवेशद्वार ८ मिटरभन्दा बाक्लो लेदो र ढुङ्गाको थुप्रोले पूरै पुरिएको थियो । इन्जिनियरहरूले सुरुङको भित्री संरचना बुझ्न पुराना नक्सा र तस्बिरहरूको सहारा लिए ।

प्राविधिक टोलीले एक्स्काभेटर र पम्पिङ मेसिनको प्रयोग गरी सुरुङदेखि नदीसम्म एउटा ट्रेन्च (कुलो) खनेर भित्र जमेको पानी बाहिर निकाले । त्यसपछि मुख्य सुरुङकै छतलाई आधार बनाएर मानिस छिर्न सक्ने आकारको सानो वैकल्पिक सुरुङ खन्न थालियो । भित्र अक्सिजन आपूर्तिका लागि ५ इन्चको बोरहोल ड्रिल गरी पाइप छिराइयो । उच्च चापको वाटर जेट र नियन्त्रित विस्फोट (कन्ट्रोल्ड ब्लास्टिङ) को मद्दतले चट्टानहरू पन्छाइयो । भित्र रहेका सञ्जयले बाहिर मेसिन चलेको मधुरो आवाज त सुनेका थिए, तर त्यो यथार्थ हो या आफ्नै भ्रम, उनले ठम्याउन सकेका थिएनन् ।

अन्ततः भदौ १९ गते, श्रीकृष्ण जन्माष्टमीका दिन उद्धार टोली टनेलको १७० मिटर भित्रसम्म पुग्न सफल भयो । टोलीले ‘भित्र कोही छ?’ भन्दै आवाज दियो । प्रतिउत्तरमा ‘म छु’ भन्ने आवाज आयो । नाम सोध्दा ‘कबिर महर्जन’ भन्ने जवाफ फर्कियो । उद्धारकर्ताहरूले ‘नडराउनुस्, हामी आउँदैछौँ’ भन्दै अघि बढेर फसेको अवस्थामा रहेका कबिरलाई फेला पारे ।

त्यसबेला सञ्जय भने मस्त निद्रामा थिए । सुरुङभित्र मानिसको आवाज सुनेपछि उनी ब्युँझिए । आँखा खोलेर हेर्दा उनले टर्चलाइटको उज्यालो देखे । नजिकै गएर हेर्दा उद्धार टोलीले कबिरलाई निकाल्न खोजिरहेको देखेपछि उनले हर्षित हुँदै भने, "म पनि छु नि!"

त्यसपछि मात्र उद्धार टोलीको ध्यान सञ्जयतिर मोडियो । सञ्जय हिँडडुल गर्न सक्ने अवस्थामै थिए । घाइते कबिरलाई भन्दा पहिले सञ्जयलाई निकाल्न सहज हुने देखेपछि टोलीले पहिला उनलाई नै सुरक्षित रूपमा बाहिर निकाल्यो । सुरुङभित्र दिन र रातको कुनै भेउ थिएन । चमत्कारिक रूपमा जीवितै उद्धार भएपछि मात्र सञ्जयले थाहा पाए- उनी त १० दिनसम्म सुरुङमा फसेका रहेछन् । सञ्जयको लगत्तै कबिरलाई पनि सकुशल बाहिर निकालियो र दुवैलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँको छाउनीस्थित सैनिक अस्पताल ल्याइयो । कबिर घाइते भए पनि १० दिनसम्म अन्धकार र भोकप्यासमा फसेका सञ्जयको स्वास्थ्य अवस्था सामान्य देखिनु आफैँमा अर्को ठूलो चमत्कार थियो ।

अस्पतालमा करिब एक साताको उपचारपछि डिस्चार्ज भएका सञ्जय सिधै आफ्नो गृहजिल्ला सप्तरीको तिलाठी कोइलाडी पुगे । गाउँको सिमानामै स्थानीय बासिन्दाहरू अबिर र फूलमालासहित उनको स्वागतमा उभिएका थिए । मृत्युलाई जितेर फर्किएका उनलाई गाउँलेले काँधमा उठाएर घरसम्म लगे । उनको 'दोस्रो जन्म' भएको भन्दै घरमा पूजा राखिएको थियो । पूजा गरेर भगवानलाई धन्यवाद दिए । केक काटेर उत्सव मनाए ।

मृत्युसँग लडेर फर्किएका लुआ

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका नौ सयभन्दा बढी कामदारलाई बगाएर बेपत्ता बनायो । बाढीमा परेका कयौँको शव फेला परे पनि धेरै अझै बेपत्ता छन् । तर, माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक लुआ हाइताओ भने भाग्यमानी ठहरिए । खोजी तथा उद्धार कार्यको ११औँ दिनमा उनी सुरुङभित्र सकुशल भेटिए । सुरुङभित्र थुनिएका उनले मृत्युलाई जित्न १० दिनसम्म प्रकृतिसँग कठोर सङ्घर्ष गर्नुपऱ्यो । अन्ततः उनको आत्मबल र उद्धार टोलीको अथक मिहिनेतले ज्यान जोगियो ।

सुरुङबाट निकाल्दै गरेका लुआ। सुरुङबाट निकाल्दै गरेका लुआ।

बत्ती देखेपछि जोडले चिच्याए

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढी पस्दा लुआ हाइताओ बाँच्नका लागि पर्खालको सबैभन्दा अग्लो भागमा चढेर ओत लाग्न सफल भए । सुरुङ निर्माण भइरहेको भित्री भागमा फलामे रडहरू थिए, उनी त्यसकै सहारामा माथि चढेकाले बाढीबाट जोगिन सके । अन्धकार, चिसो, भोक र प्यासका बीच पनि उनले बाँच्ने आशा मारेनन् । उनी फलामे रडहरूमा आफूलाई अड्याएर उद्धारकर्मीलाई पर्खिरहे ।

चिनियाँ सरकारी तथा मूलधारका सञ्चारमाध्यमहरू (सिन्ह्वा, सीजीटीएन, कभर न्युज र रेड स्टार न्युज) मा प्रकाशित विवरणअनुसार सुरुङभित्र उद्धारको प्रतीक्षा गरिरहँदा उनले टाढाबाट खोजकर्ताहरूको उज्यालो देखे । त्यसपछि उनले धेरै पटक ठूलो स्वरले गुहार मागे । ‘मैले जतिबेला बत्ती देख्थेँ, त्यतिबेलै ठूलो स्वरले चिच्याएर बोलाउँथेँ’, उनले भनेका छन् ।

उद्धारकर्मीहरू टाढा भएकाले सुरुमा उनको आवाज सुन्न सकेनन् । तर, जब टोली नजिकै आइपुग्यो र उनका आँखामा टर्चको उज्यालो पऱ्यो, सुरुमा त उनलाई आफ्नै आँखामाथि विश्वास लागेन । सुरुङभित्र नेपाली सेना र दक्षिण कोरियाली उद्धार विज्ञहरूको टोली खटिएको थियो । टोली पुग्दा उनी पर्खालको माथिल्लो भागमै थिए । नेपाली उद्धारकर्मीले कुरा गर्न खोजे पनि भाषाको समस्या भयो । त्यसपछि कोरियाली उद्धार टोलीले उनीसँग कुराकानी गर्दै माथिबाट तल झर्न सहयोग गर्‍यो ।

उनी तल ओर्लिएपछि टोलीले बिस्तारै सुरुङबाहिर निकाल्यो । उद्धार गरिँदा उनका कपडा च्याति चुकेका थिए र शरीरमा मुस्किलले भित्री वस्त्र (अन्डरवेयर) मात्र बाँकी थियो । बाहिर निस्कनेबित्तिकै उनले तिर्खा मेट्न पानी मागे । बाहिर रहेको टोलीले उनलाई पानी दिँदै ‘नेपाली हो?’ भनेर सोध्यो, तर उनले बुझेनन् । उनको लवज चिनियाँजस्तो लागेपछि टोलीका सदस्यले फेरि ‘चाइनिज?’ भनी सोधे । त्यसपछि उनले टाउको हल्लाएर ‘हो’ भने ।

उद्धारलगत्तै उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरियो । नेपालका लागि चिनियाँ राजदूतले अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यो उद्धार कार्य सबैका लागि एक ‘चमत्कार’ भएको बताए ।

परिवार पाल्न विदेशी भूमि आएका थिए लुआ

चिनियाँ डिजिटल पोर्टलहरू ‘कभर न्युज’ र ‘सिना न्युज’मा प्रकाशित विवरणअनुसार लुआ हाइताओ चीनको हेनान प्रान्तस्थित आन्याङ क्षेत्रका बासिन्दा हुन् । उनको परिवारमा ६० वर्षीया दिदी लु हाइरोङ, श्रीमती र एक सन्तान छन् । उनको अत्यन्तै विपन्न किसान परिवार हो । मुख्य आम्दानीको स्रोत गहुँ र मकै खेती भए पनि सीमित जमिनबाट वर्षमा केही सय युआन मात्र आम्दानी हुन्थ्यो । घरको गर्जो टार्न दम्पती नै वर्षभरि ज्याला-मजदुरी gर्थे । लुआ मुख्यतया सिकर्मीको काम गर्थे भने उनकी श्रीमतीको स्वास्थ्य कमजोर भएकाले उनी गह्रौँ काम गर्न सक्दिनथिन् । यही आर्थिक अभावका कारण उनले सन् २०२४ को फेब्रुअरीमा चिनियाँ नयाँ वर्षसमेत परिवारसँग नमनाई वैदेशिक रोजगारीका लागि नेपाल आउने निर्णय गरेका थिए । दिदी लु हाइरोङका अनुसार लुआले परिवारलाई आफू नेपालको कुन ठाउँमा र के काम गर्न जाँदै छु भन्ने विस्तृत विवरण दिएका थिएनन् ।

परिवारको छटपटी र एउटा स्क्रिनसटले दिएको राहत

नेपालमा बाढी-पहिरो आएपछि सुरुमा लुआको परिवारलाई उनी विपद्मा फसे/नफसेको केही थाहा थिएन । जब उनलाई नेपाल पठाउने कम्पनीबाट फोन आयो, तब मात्र दिदी लु हाइरोङले भाइ पहिरोमा परेको खबर थाहा पाइन् । ‘नेपाल धेरै टाढा छ र बुझ्ने अरू कुनै माध्यम पनि थिएन’, उनले भनिन् ।

बेपत्ता परिवारहरूको सहायता समूहमा अन्य सदस्यहरूले पठाउने सानातिना सूचना र समाचार हेर्दै उनका दिनहरू छटपटीमा बित्न थाले । उनी न राम्ररी खान सक्थिन्, न त सुत्न नै । नेपालमा कसैको उद्धार भएको सुन्दा मात्र पनि उनका मनमा झिनो आशा पलाउँथ्यो । यसै क्रममा सेप्टेम्बर ५ का दिन उनले विच्याट ग्रुपमा समाचारको एउटा धमिलो स्क्रिनसट देखिन्; जसमा नेपालको जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको उल्लेख थियो । तस्बिरमा देखिएका, कपाल सेताम्मे फुलेका र दुब्लाएका व्यक्ति आफ्नै भाइजस्तो उनलाई लाग्यो । त्यसपछि समूहमा अझ स्पष्ट तस्बिरहरू आउन थाले । ती तस्बिर देख्नासाथ उनी आँसु झार्दै चिच्याइन्, ‘यो त मेरो भाइ नै हो!’

त्यसलगत्तै बेइजिङबाट आएको एउटा फोनले घटनाको आधिकारिक पुष्टि गरिदियो, ‘लु हाइताओ भेटिएका छन् ।’ त्यो सुखद खबर सुनेपछि फोनको अर्कोतर्फ भनिएका अरू कुरा सुन्ने होस उनमा रहेन । लामो समयदेखिको अनिश्चय र पीडाले थिचिएको परिवारको मनको भारी अन्ततः हलुका भएको थियो ।

फोनमा आएको सरप्राइज

लोकबहादुर मगर र गीताको छोरी मनिषा भर्खर स्कुल जान थालेकी थिइन् र उनीहरूको सानो परिवारको जीवन सामान्य रूपमै चलिरहेको थियो । २०८३ भदौ १० गते पनि सदा झैँ गीता सबेरै आफ्नो काममा निस्किसकेकी थिइन् । लोकबहादुर छोरीलाई बिहानको खाजा बनाइदिएर तरकारी टिप्न बारीमा पसेका थिए । त्यसबेला छोरी भने मोबाइल हेर्दै खाजा खाइरहेकी थिइन् । उनीहरू सपरिवार अर्घाखाँचीबाट केही वर्षअघि मात्र रसुवाको टिमुरेमा बसाइँ सरेका थिए । त्यहाँ सानो जग्गा किनेर घर बनाएका उनीहरू टिमुरेस्थित ग्लोबल बैंकको शाखामा कार्यरत थिए ।

अस्पतालमा उपचाररत मनिषा आफ्नो बुबासँग। तस्बिर : मोनिका वाइबा। अस्पतालमा उपचाररत मनिषा आफ्नो बुबासँग। तस्बिर : मोनिका वाइबा।

लाेकबहादुर बारीमा गएको केही समयमै उनलाई बाढीले झ्याप्पै छोप्यो । खाजा खाइरहेकी छोरी सम्झेर उनी हतार-हतार घर जान खोज्दा क्षणभरमै घर खोलामा बिलायो । उनलाई त्यहीँका स्थानीयले अगाडि बढ्न दिएनन् । घरसँगै छोरी पनि बगेको सोचेर उनी भावविह्वल भए । हतार-हतार श्रीमतीलाई फोन गरे । तर, बारम्बार फोन गर्दा पनि फोन उठेन ।

“मैले त छोरी बगी, अब बुढी पनि रहिन भन्ने सोचेँ” लोकबहादुरले भने “बाढी आउनेबित्तिकै सर्लक्कै घर लगेपछि मेरो सातो गयो, धेरै रोएँ । मैले मेरी छोरीलाई बचाउन सकिनँ भनेर आफैँलाई नै दोषी मानेँ ।” बाढी केही साम्य भएपछि उनले मनिषालाई निकै खोजे । उनको दिमागले काम गर्नै छाड्यो । करिब तीन घण्टापछि अरूको मोबाइलबाट गीतालाई फोन गर्दा बल्ल फोन उठ्यो । त्यसबेला उनले गीताको स्वास्थ्य अवस्था सोध्नेबाहेक ‘छोरी छैन’ भनेर सुनाउनै सकेनन् । त्यसपछि उनी श्रीमती भएको ठाउँमा पुगे ।

‘छोरी खै ?’ भन्ने श्रीमतीको प्रश्नको जवाफ उनी दिन चाहँदैनथे । तर, उनले सबै कुरा खुलाए । “उहाँले नानीलाई तान्न सक्नुभएन भन्दा त म छाँगाबाट खसेजस्तै भएँ । म आफैँ किन भागेछु, किन बाँचेछु भन्ने लाग्यो । बरु म पनि खोलामै बगेको भए नानीलाई भेट्न सक्थेँ कि! भन्ने अनेक कुरा दिमागमा आए”, गीताले सुनाइन् ।

पछि श्रीमान्-श्रीमती दुवै मिलेर मनिषालाई खोज्न थाले । घर अलि माथि डाँडामै भएका कारण उनीहरूले वरपरका सबै पाखाहरूमा खोजे । Uनी भन्छिन्, “कतै पाखातिर खोलाले मेरी नानीलाई फ्याँक्यो कि, कतै ममी-ममी भनेर रोएर बसेकी छिन् कि भन्ने सोच पनि आयो । तर, उनलाई कतै भेटाउन सकेनौँ ।” आफैँ पनि सुरक्षित हुनुपर्ने चुनौती के बीच उनीहरू दुई घण्टा हिँडेर खुइते डाँडामा पुगे । त्यहीँको टहरामा उनीहरूले टिमुरेका अन्य स्थानीयलाई पनि भेटे । झमझम पानी परिरहेको समयमा Uनीहरूले त्यहीँ रातभर आगो बालेर, एक-अर्कासँग रोएर रात कटाए । बाँचेकाहरूले सामूहिक रूपमा खाना खाए, तर उनीहरूले भने केही खान सकेनन् । Uनीहरू बिहान सबेरै फेरि छोरी खोज्न हिँडे ।

दोस्रो दिन पनि उनीहरूले छोरी भेटेनन् । त्यत्तिकैमा खुइते डाँडामा उद्धारका लागि आएको सेनाको हेलिकप्टरमा राखेर उनीहरूलाई त्रिशूली ल्याइयो । Uनीहरू त्रिशूली पुग्दा बगरमा शवको थुप्रो देखिन थालेको थियो । एकै ठाउँमा दुई जना बालबालिकासहित १७ जनाको शव भेटियो भन्ने सुनेर Uनीहरू पनि तीमध्ये कुनै शव आफ्नी छोरीको पो हो कि भनेर हेर्न गए । तर त्यहाँ पनि मनिषा भेटिइनन् । त्यसपछि भने Uनीहरू भिडभाड र घाइते भएको ठाउँमा मात्र होइन, हरेक शव भेटिएको ठाउँमा छोरी खोज्दै हिँड्न थाले । जति दिन बित्दै गयो, Uनीहरू उति नै हार मान्दै गएका थिए । दोस्रो दिन Uनीहरूले त्रिशूलीमै बिताए, तर छोरी खोज्ने क्रम भने रोकेनन् ।

तेस्रो दिन पनि छोरीको खोजी सुरु गरेका Uनीहरू आफैँ हिलोमा लतपतिएका थिए र सामान्य घाउचोट पनि लागेको थियो । पछि Uनीहरूलाई पनि काठमाडौं जाने गाडीमा राखेर उपचारका लागि अस्पताल पठाइयो । “त्यो बेला t यो ठाउँमा मेरी छोरीलाई छोड्न पो आएका रहेछौँ भन्ने लागेको थियो”, गीता भावुक सुनिइन् । उद्धार गरेर राखिएको ठाउँमा मनिषाकै उमेरका नानीहरू देख्दा उनले आफ्नी छोरीलाई झन् बढी सम्झिएको बताइन् ।

“निद्रा ठ्याक्कै लाग्दैनthyo । कसैले 'नानी यस्तो भएछ hai, दिदी आउनुस् खाऔँ' भन्दा मलाई Yesto नभनिदिए हुन्थ्यो जस्तो लागथ्यो,” उनी भन्छिन्, “एक मनले फेरि मेरी नानीसँगै खेल्ने साथी पनि t छैनन्, बिचरा Uनीहरूको झन् परिवार नै छैन भन्ने लागथ्यो । अनि फेरि राति हुँदै जाँदा बरु म पनि खोलामा बगेको भए हामी आमा–छोरीको आत्माको त भेट हुन्थ्यो होला भन्ने लागथ्यो । मेरी नानी एक्लै भई भनेर साह्रै नराम्रो लागथ्यो ।”

०००

भदौ १३ गते । सानी छोरी गुमाएको शोकमा काठमाडौंको अस्पतालमा उपचाररत मगर दम्पती खाना खाएर पल्टिएका मात्र थे, एक्कासि फोन बज्यो ।

“एउटी बच्चीको जीवित उद्धार भएको छ । हाम्रो मनिषाजस्तै छिन् । फोटो/भिडियो पठाएको छु, हेर्नु त । उनलाई केही बेरमा उपचारका लागि काठमाडौँ नै पठाउने तयारी छ ।”

बाढीको ६० घण्टापछि सशस्त्र प्रहरीले मनिषालाई भेटेको स्थान। बाढीको ६० घण्टापछि सशस्त्र प्रहरीले मनिषालाई भेटेको स्थान।

उनीहरू एकछिन अलमलमा परे । मोबाइल खोलेर हेर्दा आफ्नी छ वर्षीया छोरीलाई सशस्त्र प्रहरीले हिलोमा लतपतिएको र अर्धचेत अवस्थामा जमिनमुनिबाट निकालेको देखे । भदौ १२ गते शुक्रबार साँझ ६ बजेतिर सशस्त्र प्रहरीको टोलीले टिमुरेमा रोइरहेको, हिलोमा गाडिएको र सामानले थिचिएको अवस्थामा मनिषाको उद्धार गरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रहरीले बताएअनुसार, उद्धार गर्दाको बखत उनी बोल्न र हिँड्न सक्ने अवस्थामा थिइनन् भने उनलाई हनहनी ज्वरो आइरहेको थियो ।

भिडियो देखेर उनीहरूलाई विश्वास नै लागेन । भिडियो हेरेको हेर्यै भए । त्यत्तिकैमा फेरि फोन बज्यो र आवाज आयो, “यताबाट नानीलाई हेलीमा हालेर पठाएको छ hai । टिचिङमा लगिँदै छ । तपाईंहरू त्यहीँ भेट्नुस् ।” फोन काटिनेबित्तिकै Uनीहरू हतारहतार अस्पतालको मुख्य गेटमा पुगे ।

पारीबाट सशस्त्र प्रहरीले एउटी बच्चीलाई काखमा बोकेर ल्याएको उनीहरूले देखे । केही बेरमै ती प्रहरी नजिकै आएर छोरीलाई गीता उचाई मगरको काखमा राखिदिए । त्यसबेला मनिषाले आफ्ना आमाबुवाको अनुहारमा हेरेर बर्रर आँसु खसालिन् तर एक शब्द पनि बोलिनन् । त्यसपछि उपचारका लागि उनलाई बालरोग वार्डमा लगियो ।

“नानी खोज्दै रुँदै हामी कहाँ मात्र गएनौँ! घरकै तल नानीलाई भेटिएछ । हाम्रो ग्लोबल बैंकका सरहरूले चिनेर मलाई फोन गर्नुभएको रहेछ,” मनिषाकी आमा गीता भन्छिन्, “नानीलाई समातेपछि t मेरो मन फुरुङ्ग भयो । बल्ल सास आएजस्तो भयो । म आफैँ चार दिनदेखि जिउँदो लासजस्तै भौँतारिरहेकी रहेछु । त्यसपछि पो मलाई होस आयो, समयको पत्तो भयो ।”

त्यस रात दुवै जनाले छोरीलाई हेरेरै बिताए । सम्पूर्ण थकान मेटिएजस्तो लागेर आफूहरूलाई सुत्नुपर्छ भन्ने पनि महसुस नभएको कुरा गीताले खुसी हुँदै सुनाइन् । गीताका श्रीमान् लोकबहादुर उचाई मगर अस्पतालको झ्यालमा बसेर टोलाइरहन्छन्, अनि फेरि छोरीलाई हेरेर मख्ख पर्छन् ।

‘नानीको आयु lamo रहेछ’

जतिबेला उनको आफ्नो परिवारसँग भेट भयो, त्यसबेला पनि उनको स्वास्थ्य अवस्था निकै गम्भीर थियो । घटनाको सात दिन बितेपछि बुधबार अस्पतालमा उकेराकर्मीले मनिषालाई भेट्दा पनि उनको ज्वरो कम भएको थिएन । उनका हातखुट्टाहरू सुन्निएका थिए भने टाउको ठूलो देखिएको थियो । अनुहार र शरीरभरि घाउ नै घाउ भएकी Uनी मोबाइलमा भुलिरहेकी थिइन् ।

पिसाबको थैली झुन्ड्याइएको उनको शय्यामा सानो पुतली पनि राखिएको थियो । नर्स र डाक्टरले बोल्न खोज्दा Uनी बोल्न नचाहेको जस्तो देखिन्थ्यो । कपालभरि हिलो जमेका कारण सफा गरेर कपाल काटिदिएको भन्दै गीताले छोरीको टाउको सुम्सुम्याउँदै देखाइन् । निधारमा भएको ठूलो घाउबाट पिप बगिरहेको थियो । त्योभन्दा ठूलो घाउ उनको कम्मरमा भएको लोकबहादुरले सुनाए ।

“छोरी t हामीले भेटेको दुई-तीन दिनसम्मै बोलिनँ । ट्वाल्ल परेर हेर्ने र एकोहोरो बसिराख्ने gर्थी । खुट्टा चलाउन सक्दिनथी । Uनीहरूले t भाँचियो होला भन्ने ठानेका थियौँ । कानभरि बालुवा थियो । सबैभन्दा ठूलो घाउ its ढाडपछाडि रहेछ । थिचिएर बसेको basye भएकाले होला, भित्रको मासु नै देखिन्छ । त्यसले पनि Uलाई धेरै दुखाइ भइरहेको रहेछ”, छोरीलाई हेर्दै Uनीले भने । छोरी भेटिएको दिन Uनीहरूका लागि सबैभन्दा विशेष दिन थियो । अहिले पनि त्यो दिन सम्झिँदा Uनीहरूको आँखा रसाउँछन् ।

“उसको आयु पनि lamo रहेछ । भाग्य बलियो रहेछ । Uनीहरूलाई त्यस दिन साँच्चै भगवान् छन् जस्तो लाग्यो । मसँग t त्यस दिनबारे बोल्ने शब्द नै छैन”, आँसु पुछ्दै Uनी स्तब्ध बने ।

छोरीको गहिरो गुनासो

अस्पतालमा राखेको तेस्रो दिन मनिषा आफ्ना आमाबुवासँग बोलिन् । त्यसपछि भने Uनी खासै नबोलेको गीताले बताइन् । “म नानीको काखमा डल्लो परेर बस्दा उसले पानी खान्छु भनी । पानी खुवाउन लाग्दा t उसले ‘तपाईंहरूले मलाई किन छोड्नुभएको? कहाँ गएको? म त्यहीँ थिएँ, मलाई लानुपर्दैन?’ भन्न थाली,” Uनी भक्कानिदै भन्छिन्, “Uनीहरूले t केही जवाफ नै फर्काउन सकेनौँ । उसले ‘मैले कति ममी-ममी भन्दा पनि किन नबोल्नुभएको?’ भनेर सोध्दा t म बोल्नै सकिनँ ।”

छोरीका ती प्रश्न सुनेर लोकबहादुर पनि भावविह्वल बने । “‘मलाई अंकलहरूले बचाए, पानी पिलाए । तपाईंहरू चाहिँ मलाई किन लिन नआको?’ भनेर सोधी । त्यो सुन्दा t मेरा बर्बर्ती आँसु आए”, Uनीले सुनाए । “मेरी नानीलाई यति गाह्रो भए पनि अहिले ऊ मेरो काखमा छे । हे भगवान्! मेरी नानीलाई केही पनि नहोस् भन्ने लाग्यो”, गीताले थपिन् । अहिले Uनीहरूको घर भएको ठाउँमा केही पनि, कोही पनि छैनन् । तर, ती सबै पीडा छोरी भेटिएको खुसीको अगाडि गौण बनेको छ ।

किरिया घरमा फर्किएकाे खुशी

जतिसुकै ठूलो विपत्ति आए पनि, मानिसको बाँच्ने चाहना र दैवी चमत्कारले कतिपय बेला असम्भवलाई पनि सम्भव बनाइदिन्छ । भदौ १० गतेको बिहान कैयौँ परिवारका लागि काल बनेर आयो । प्रभावका हिसाबमा बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट अनि धादिङका केही ठाउँ देखिए । तर त्यसको प्रभाव नेपालमा मात्र परेन, नेपालबाहिर पनि उत्तिकै पर्‍यो ।

त्यही दिन नुवाकोटको ऐतिहासिक तथा व्यापारिक स्थल बेत्रावती पनि बाढीबाट जोगिन सकेन । भोटेकोशी नदीमा आएको विशाल बाढीले बस्तीलाई चपेटामा लियो । घर, परिवार र सम्पत्ति केही घण्टाभित्रै लेदोमा बदलियो ।

यता, काठमाडौं भने सधैँ झैँ हतारमै थियो । आशिष श्रेष्ठ र अनिश काठमाडौंमा आफ्नै कर्मथलोमा व्यस्त थिए । गाउँमा ६४ वर्षीया आमा चण्डिका र ६७ वर्षीय बुबा आनन्द थिए । दुवै छोराको प्रायः बुबा-आमासँग फोनमा सामान्य कुराकानी भइनै रहन्थ्यो । तर भदौ १० ले यो परिवारको अवस्था नै फेरिदियो । “बाढीमा बुबा-आमा बेपत्ता हुनुभयो ।” एक्कासि नुवाकोटबाट आएको फोनपछि दुवै छोरा काठमाडौंबाट हुरतुरिएर बेत्रावतीतिर हुइँकिए । अनि सुरु भयो- आमाबुबाको खोजी अभियान ।

कुशको शवमा आँसु

उनीहरू आफ्नो घर रहेको क्षेत्रमा पुग्दा कल्पनै गर्न नसकिने विध्वंस देखे । त्यहाँ बस्ती थिएन, चारैतिर लेदो, बालुवा र भग्नावशेष मात्र थियो । आशिष र अनिश केही स्थानीयसँग मिलेर बुबा-आमाको खोजीमा लागे । तर सम्भावना निकै कम थियो । तैपनि कतै भेटिइहाल्छन् कि भनेर Uनीहरूले लगातार आठ दिनसम्म नदी किनार, भग्नावशेष र पहिरोले पुरेका स्थानहरूमा दिनरात नभनी खोजिरहे । तर, न त चण्डिका फेला परिन्, न त आनन्द नै ।

दिनहरू बित्दै जाँदा आशाका त्यान्द्रा टुट्दै गए । जति खोज्दा पनि कतै नभेटिएपछि परिवारले सत्य स्वीकार गर्दै हिन्दु संस्कारअनुसार शव नभेटिँदा कुशको शव बनाएर दाहसंस्कार गर्ने निर्णय गरे । अनि आमाबुबा बेपत्ता भएको आठौँ दिनमा कुशको शव तयार भयो । पुरोहितको मन्त्रोच्चारणका बीच Uनीहरूले आमा-बुबाको प्रतीकात्मक दाहसंस्कार गरे । आमा-बुबासँगका बाल्यकालका स्मृतिहरू, Uनीहरूको माया र आशीर्वाद अब केवल तस्बिरमा खुम्चियो । आमा-बुबाको भौतिक शरीर सधैँका लागि बिलाएको सत्य आत्मसात् गर्दै दुवै छोराहरू किरियामा बसे ।

११औं दिनमा किरियाघरमा बजेको फोनको घण्टी

किरिया सुरु गरेको चार दिन भइसकेको थियो । आफन्तजनहरू सान्त्वना दिन आउने-जाने क्रम चलिरहेकै थियो । बाढीले बगाएको दिनबाट गणना गर्दा ठ्याक्कै ११औं दिनको काम र विधिहरू चल्दै थिए । ठिक त्यही बेला, छोराहरूको फोन लगातार बज्न थाल्यो । एक होइन, धेरै ठाउँबाट फोन आए । सबैले एउटै अचम्मको खबर दिइरहेका थिए- “आमा जीवितै भेटिनुभयो!”

जसको आत्माको शान्तिको कामना गर्दै किरिया बसेको हो, उही जीवित! आशिष र अनिशका लागि त्यो खबर पत्यारलाग्दो हुने कुरै भएन । यो कुनै भ्रम हो या सत्य, कसरी ठम्याउनु? एकाएक एक घरको भग्नावशेषबाट एक महिलाको सकुशल उद्धार भएको समाचार आगो झैँ फैलियो । उद्धार टोलीले हिलोमा पुरिनबाट जोगिएको घरको सबैभन्दा माथिल्लो भाग पिकले फुटाएर एक महिलालाई बाहिर निकालिरहेको दृश्य सार्वजनिक भयो । Uनी त्यही हराइरहेकी चण्डिका थिइन् ।

बाढीले बगाएको घरभित्रै कसरी बचिन् चण्डिका?

बाढीले चण्डिकाको घरलाई मात्र बगाएको थिएन, Uलाई बसिरहेको ठाउँबाट धेरै टाढा पुर्‍याएको थियो । स्थानीय नारायणलाल डंगोलको घरभन्दा ७० मिटर पछाडि थियो चण्डिकाको घर । भोटेकोशीको बाढीले चण्डिकाको घरलाई उखेल्यो र झन्डै ५० मिटर तलसम्म बगाएर लग्यो । बाढीको भेलले बगाएर ल्याएको त्यही भग्नावशेष र क्षतिग्रस्त घरभित्र चण्डिका ११ दिनसम्म थिइन्, त्यो पनि जीवितै ।

भदौ १० को बाढीपछि उद्धार टोली र स्थानीय मिलेर खोज्न सकिने र कुनै व्यक्ति जीवित हुनसक्ने प्रायः सबै ठाउँ पुगिसकेका थिए । लेदोमा जोखिम मोल्दै गरिएका खोजले सकारात्मक नतिजा ल्याएन । केही भेटिए पनि ती शव थिए, केही शवका टुक्रा थिए । बगरमा लेदोले पुरिएर छतको भाग मात्र बाँकी रहेको एउटा घर थियो । घरको त्यस्तो अवस्था देखेर त्यहाँभित्र कोही जीवित हुन सक्छ भनेर कसैले पो कल्पना गर्नु! तर कसैले त्यहाँभित्रबाट मान्छेको मधुरो आवाज आएजस्तै सुने । तत्काल त्यो भ्रम हो या वास्तविकता भन्ने यकिन हुन सकेन । बगरमा हिँडिरहेका केही स्थानीयले घरभित्रबाट महिलाको आवाज सुनेजस्तो लागेपछि उद्धारमा खटिएका सुरक्षा टोलीलाई खबर गरे । अनि तत्काल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोली आइपुग्यो ।

Uनीहरूले आवाज दिए, भित्रबाट पनि मधुरो आवाज आयो । घरभित्र कोही जीवित छ भन्ने पक्का भए पनि भित्र छिर्न सक्ने संरचना थिएन । अनि पिकले भित्ता फुटाउँदै Uनीहरूले भित्र रहेकी चण्डिकालाई नआत्तिन भने । बल्ल-बल्ल भित्र छिर्न सक्ने प्वाल बन्यो । जब सुरक्षाकर्मी घरभित्र छिरे, त्यहाँ हिलोले छोपिएको अनि शरीरमा थोरै मात्र कपडा भएको अवस्थामा ६४ वर्षीया चण्डिका श्रेष्ठ फेला परिन् । प्रहरीले Uलाई होसियारीपूर्वक बाहिर निकाले । बाढीपीडितलाई राहत बाँढ्न भनेर बेत्रावती पुगेकी कलाकार पुजन घिमिरेको सलले उनको शरीर ढाकिदिए र पानी दिए । Uनीले पानी पिइन् । त्यसपछि तत्काल उपचारका लागि लगियो ।

अस्पतालको बेडमा पुनर्जीवन

चण्डिका सकुशल भेटिएको खबर किरियाघरमा आइपुगेपछि तत्काल पुरोहितलाई बोलाइयो । हिन्दु परम्पराअनुसार जीवितै फर्किएका व्यक्तिका लागि गरिएको किरिया कर्मलाई विधिपूर्वक फुकुवा गरियो र छोराहरूले किरियाघर छाडे । उद्धारलगत्तै प्राथमिक उपचार दिएर चण्डिकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (टीयू टिचिङ) ल्याइयो ।

११ दिनसम्म बिना अन्नपानी, अन्धकार र चिसो लेदोमा बस्नुपर्दा उनको शरीरमा गम्भीर चोटपटक लागेको थियो । विशेषगरी उनको दाहिने घुँडा र तिघ्राको भागमा गहिरो घाउ थियो । अस्पताल भर्ना भएपछि उनको दुई पटक शल्यक्रिया गरिसकिएको छ । शरीरका गहिरा घाउहरू पुर्न र संक्रमणबाट बचाउन प्लास्टिक सर्जरी तथा स्किन ग्राफ्टिङ (छाला प्रत्यारोपण) गरिएको छ । अहिले उनी शिक्षण अस्पतालमै चिकित्सकहरूको निगरानीमा उपचाररत छिन् । अब थप ठूलो शल्यक्रिया गर्नुनपर्ने भए पनि नियमित घाउ सफा गर्ने र ड्रेसिङको काम भइरहेको छ । यी गहिरा घाउहरू पुरिएर आमा पूर्ण रूपमा निको हुन अझै कम्तीमा तीन महिनाजति समय लाग्ने चिकित्सकहरूले बताएको चण्डिकाका छोरा आशिष उकेरालाई भन्छन् ।

“आमाको दुईवटा अपरेसन त भइसक्यो । अहिले हामी नियमित घाउ सफा गर्ने र ड्रेसिङ गर्ने काममै छौँ । डाक्टरहरूले घाउ निको भएर सामान्य अवस्थामा फर्किन कम्तीमा तीन महिना लाग्छ भन्नुभएको छ ।”

अझै बाँकी छ एउटा पीडा

आशिष र अनिशका लागि आमा जीवितै भेटिनु जीवनकै सबसे ठूलो उपहार बन्यो । आमा फर्केकी छिन्, अस्पतालको शय्यामा उनको उपचार भइरहेको छ र घाउहरू बिस्तारै भरिँदै छन् । तर, यो खुसीसँगै एउटा ठूलो पीडा अझै बाँकी छ- बाढीमै परेका ६७ वर्षीय बुबा आनन्द श्रेष्ठ अझै बेपत्ता छन् । बुबाको अवस्था अझै पत्ता लाग्न नसकेको आशिष बताउँछन् । एकातिर आमाको पुनर्जन्मको खुसी छ भने अर्

कात्तिक २७, २०८३ शुक्रबार १५:४८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।